काठमाडौं, ११ मार्च
SAARC Journalists Forum (SJF) ले श्रीलंकाका पत्रकार Sandaruwan Senadheera को गिरफ्तारीप्रति गहिरो चिन्ता व्यक्त गर्दै कडा विरोध जनाएको छ।
‘Lanka e News’ का सम्पादक सेनाधीरालाई श्रीलंकाको Bandaranaike International Airport (काटुनायके अन्तर्राष्ट्रिय विमानस्थल) मा पक्राउ गरिएको घटनाप्रति मञ्चले प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रहार भएको जनाएको छ।
सार्क पत्रकार मञ्चका अध्यक्ष Raju Lama ले जारी गरेको वक्तव्यमा सेनाधीरा १६ वर्षपछि विदेशबाट स्वदेश फर्किएलगत्तै पक्राउ परेको उल्लेख गर्दै यसले पत्रकारहरूमा डर र त्रासको वातावरण सिर्जना गर्ने चेतावनी दिएका छन्।
मञ्चले सेनाधीराको तत्काल रिहाइ गर्न तथा निष्पक्ष र पारदर्शी कानुनी प्रक्रिया सुनिश्चित गर्न श्रीलंकाको सरकारसँग माग गरेको छ। साथै पत्रकारहरूलाई राजनीतिक वा अन्य उद्देश्यले लक्षित गर्ने कार्य बन्द गर्न पनि आग्रह गरिएको छ।
वक्तव्यमा सञ्चारमाध्यमले डर र दबाब बिना स्वतन्त्र रूपमा काम गर्न सक्ने वातावरण सिर्जना गर्न सरकारलाई आह्वान गरिएको छ। प्रेस स्वतन्त्रताको संरक्षण लोकतन्त्रको चौथो स्तम्भ भएको उल्लेख गर्दै मञ्चले सेनाधीराको बिना शर्त रिहाइको माग गरेको छ।




COMMENTS