पर्सा १ चैत पर्सा– ४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद टेकबहादुर शाक्यले आफ्नो चुनावी खर्च ११ लाख ७२ हजार ३५० रुपै...
पर्सा १ चैत
पर्सा– ४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद टेकबहादुर शाक्यले आफ्नो चुनावी खर्च ११ लाख ७२ हजार ३५० रुपैयाँ मात्र भएको विवरण सार्वजनिक गरेका छन्। निर्वाचन आयोगमा बुझाइएको खर्च विवरणअनुसार प्रचार–प्रसार, सभा–सम्मेलन, यातायात तथा अन्य व्यवस्थापनमा उक्त रकम खर्च भएको जनाइएको छ।
शाक्यले निर्वाचन प्रक्रियामा पारदर्शिता कायम गर्न खर्च विवरण सार्वजनिक गरिएको बताएका छन्। निर्वाचन आयोगले उम्मेदवारहरूलाई चुनावपछि तोकिएको समयभित्र आफ्नो सम्पूर्ण खर्च विवरण बुझाउन अनिवार्य गरेको छ।




COMMENTS