$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

बसरुद्दिन अन्सारीको पार्टी प्रवेशले १०० मत पनि नबढेको कांग्रेसभित्रै चर्चा

  वीरगंज, २६ फागुन   निर्वाचनको केही दिन मात्रै बाँकी रहँदा नेपाली कांग्रेसमा प्रवेश गरेका बसरुद्दिन अन्सारीले पर्सा क्षेत्र नं. १ का कांग्र...

 



वीरगंज, २६ फागुन 

 निर्वाचनको केही दिन मात्रै बाँकी रहँदा नेपाली कांग्रेसमा प्रवेश गरेका बसरुद्दिन अन्सारीले पर्सा क्षेत्र नं. १ का कांग्रेस उम्मेदवार अनिल रुङ्गटालाई १०० मत पनि थप्न नसकेको चर्चा अहिले कांग्रेसभित्रै हुन थालेको छ।


सत्ताको वरिपरि घुमिरहने छवि बनाएका अन्सारीले निर्वाचनको मुखमै कांग्रेसमा प्रवेश गर्दै ‘घरफिर्ती’ भएको दाबी गरेका थिए। उनले आफ्नो प्रवेशसँगै पर्सा–१ मा कांग्रेसको जित सुनिश्चित भएको दाबीसमेत गरेका थिए। तर निर्वाचन परिणामले उनको दाबीलाई गलत सावित गरिदिएको कांग्रेस नेताहरूको भनाइ छ।


निर्वाचन परिणाम अनुसार कांग्रेस उम्मेदवार रुङ्गटा तेस्रो स्थानमा सीमित भए। देशभरझैं पर्सा–१ मा पनि रास्वपाले जित हासिल गर्दा नेकपा एमालेका उम्मेदवार प्रदीप यादव दोस्रो स्थानमा रहेर आफ्नो राजनीतिक साख जोगाउन सफल भए।


राजनीतिक विश्लेषकहरूका अनुसार रुङ्गटाको कमजोर मत परिणामका पछाडि बसरुद्दिन अन्सारीजस्ता सहयोगी तथा कांग्रेसका केही चुनावी कमाण्डरहरूको रणनीतिक कमजोरी पनि जिम्मेवार रहेको देखिएको छ।


कांग्रेस वृत्तका अनुसार उम्मेदवार रुङ्गटा स्वयंले पनि निकट साथीहरूसँगको अनौपचारिक कुराकानीमा अन्सारीको कांग्रेस प्रवेशले १०० मत पनि ‘प्लस’ नभएको गुनासो गर्ने गरेका छन्।


यसअघि नेकपा एमालेमा रहँदा आफ्नो जनमत घटेको मूल्यांकन भएपछि अन्सारीले पार्टीभित्र साख गुमाएका थिए। त्यसपछि भविष्यमा नेपाली राजनीतिमा उदाउँदो ताराका रूपमा हेरिएका कांग्रेस नेता गगन थापाको विश्वासमा रुङ्गटा क्याम्पमा प्रवेश गरेको बताइन्छ। तर उनको आगमनले पनि रुङ्गटाको चुनावी परिणाममा कुनै सकारात्मक प्रभाव पार्न सकेन।


निर्वाचनअघि अधिकांश एक्जिट पोल र राजनीतिक विश्लेषणहरूले पर्सा–१ मा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा हुने आकलन गरेका थिए। तर अन्तिम परिणाम आउँदा प्रतिस्पर्धा रास्वपा र एमालेबीच सीमित भयो भने कांग्रेस उम्मेदवार रुङ्गटा खेलमै बाहिरिएजस्तै देखिए।


मतगणनाको परिणाम सार्वजनिक भएपछि वडा–वडाबाट ठूलो मत दिलाउने प्रतिबद्धता गरेका नेताहरू अहिले रुङ्गटासँग भेटघाट गर्नसमेत हिच्किचाउन थालेको चर्चा कांग्रेस वृत्तमा भइरहेको छ।


COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content