$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

मदरसा तथा यतीमखानामा कपडा वितरण कार्यक्रम सम्पन्न

वीरगञ्ज, १ चैत्र  – नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जद्वारा पर्सा तथा बारा जिल्लाका विभिन्न मदरसा तथा यतीमखानामा अध्ययनरत बाल...

वीरगञ्ज, १ चैत्र  – नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जद्वारा पर्सा तथा बारा जिल्लाका विभिन्न मदरसा तथा यतीमखानामा अध्ययनरत बालबालिकाहरूका लागि कपडा वितरण कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम आज नेशनल मेडिकल कलेजको कन्फरेन्स हलमा आयोजना गरिएको थियो।

सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रममा ५१४ जना बालबालिका, ९३ जना शिक्षक तथा ५ जना महिला कर्मचारी गरी कुल ६१२ जनालाई कपडा वितरण गरिएको थियो। उक्त कपडा प्रबन्ध निर्देशक  शहनवाज अन्सारी, एकेडेमिक डाइरेक्टर डा. रुबी श्रेष्ठ यशमिन तथा एडमिशन अफेयर्स तथा मार्केटिङ डाइरेक्टर  अबिद हुसैन अन्सारीको हातबाट वितरण गरिएको थियो।

कपडा वितरण कार्यक्रमअन्तर्गत मदरसा बर्खुलउलूम छपकैया, यतीम खाना छपकैया, मदरसा मदिना जामे मस्जिद, मदरसा दारुल उलूम, यतीम खाना बहुअरी, मदरसा सनवरिया पोखरिया, यतीम खाना इनरुवा, मदरसा दुर्गालिया, मदरसा चेटा, मदरसा मदनिया सिरसिया, लिपन मदरसा, मदरसा कलेया इनरुवा, सोनबरसा मदरसा, गोनपुर गफुरिया मदरसा तथा एगाज निकाह मदरसा का विद्यार्थी तथा शिक्षकहरू लाभान्वित भएका थिए।

उक्त कार्यक्रममा वरिष्ठ प्रशासक  विश्वनाथ कान्त र मौलाना नुरुल होदा तथा प्रशासन अधिकृत  पप्पु सिंह लगायतको उपस्थिति रहेको थियो।

यस कार्यक्रममार्फत विपन्न तथा अभिभावकविहीन बालबालिकालाई सहयोग पुगोस् भन्ने उद्देश्यले नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्ज ले सामाजिक सेवाका क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएको जनाएको छ।

नेशनल मेडिकल कलेजले गुणस्तरीय चिकित्सा शिक्षा प्रदान गर्नुका साथै स्वास्थ्य सेवा र सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत समाजप्रति आफ्नो प्रतिबद्धता निरन्तर रूपमा देखाउँदै आइरहेको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content