फाल्गुन १९ सर्लाही । सर्लाही पर्सा गाउँपालिका–४, जिगडवा स्थित एक आधारभूत विद्यालय मतदान केन्द्रमा मृत्यु भएको छ । मृत्यु हुने व्यक्ति ४२ ...
फाल्गुन १९ सर्लाही । सर्लाही पर्सा गाउँपालिका–४, जिगडवा स्थित एक आधारभूत विद्यालय मतदान केन्द्रमा मृत्यु भएको छ । मृत्यु हुने व्यक्ति ४२ वर्षीय रघुनाथ महतो हुन् । रौतहटको माधव नारायण नगरपालिका–६ का स्थानीय हुनुहुन्थ्यो। उहाँ बरहथवा नगरपालिका–५ स्थित स्वास्थ्य केन्द्रमा सिनियर अहेवका रूपमा काम गर्दै आउनुभएको थियो र मतदान अधिकृतको रूपमा ड्युटीमा खटिएका थिए।
पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीका अनुसार लालझाडी गाउँपालिका–३ बल्मी घर भई पुनर्बास नगरपालिका–९ सिताबस्तीस्थित जीवनशक्ति आधारभुत मतदानस्थलमा खटिएका निर्वाचन प्रहरी ३५ वर्षीय मानसिंह रानाको मृत्यु भएको हो ।
सोमबार राति खाना पकाउने क्रममा बेहोस भएका उनको आज धनगढीस्थित निशर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । राना उच्च रक्तचाप र मधुमेह रोगबाट पीडित भएको पाइएको प्रवक्ता शाहीले बताउनुभयो।
सोमबार राति खाना पकाउने क्रममा बेहोस भएका उनको आज धनगढीस्थित निशर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । राना उच्च रक्तचाप र मधुमेह रोगबाट पीडित भएको पाइएको प्रवक्ता शाहीले बताउनुभयो।

COMMENTS