पोखरिया १९ फागुन — यही फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनलाइ मध्यनजर गर्दै पर्सामा सुरक्षा व्यवस्था कडा पारिएको छ। बीरगज लगायत ग...
पोखरिया १९ फागुन — यही फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनलाइ मध्यनजर गर्दै पर्सामा सुरक्षा व्यवस्था कडा पारिएको छ। बीरगज लगायत ग्रामीण भेगका ठाउँठाउँमा चेक जाँच तथा सुरक्षा गस्ती बढाइएको छ। पोखरियामा आज बिहानैदेखि चेकजाँचको क्रममा भारतीय नम्बर प्लेटका २० वटा मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय पोखरियाका अनुसार १८ गते सोमबार मध्यराति १२:०० बजे देखि २१ गते मध्यराति १२:०० बजेसम्म भारतीय नम्बर प्लेटका सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको थियो। उक्त निर्णय विपरीत सञ्चालनमा रहेका २० वटा मोटरसाइकल नियन्त्रणमा लिई कार्यालयमा राखिएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदिप पौडेलले बताए ।
निरीक्षक पौडेलले निर्णयको पूर्ण पालना गराउन अभियान सञ्चालन गरिएको र उल्लंघन गर्ने सवारी साधनमाथि आवश्यक कारबाही अगाडि बढाइने बताए।
प्रहरीले सर्वसाधारणलाई प्रशासनको निर्णयको सम्मान गर्न तथा तोकिएको अवधिसम्म भारतीय नम्बर प्लेटका सवारी साधन प्रयोग नगर्न आग्रह गरेको छ।

COMMENTS