$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

कपिलवस्तुको महाराजगञ्जमा निषेधाज्ञा जारी

कपिलवस्तु ,७ चैत्र - कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा दुई समुदायबीच धार्मिक विषयलाई लिएर भएको विवादपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी ग...

कपिलवस्तु ,७ चैत्र - कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा दुई समुदायबीच धार्मिक विषयलाई लिएर भएको विवादपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ। शनिबार बिहान सुरु भएको विवाद उग्र बन्दै गएपछि सुरक्षा व्यवस्था कडा पार्दै निषेधाज्ञा लागू गरिएको हो।

प्रहरीका अनुसार मुस्लिम समुदाय ईदको अवसरमा मस्जिदमा नमाज पढिरहेका बेला नजिकै रहेको काली मन्दिरमा ठूलो स्वरमा भजन बजाइएको विषयलाई लिएर विवाद सुरु भएको थियो। भजनको आवाज कम गर्न मुस्लिम समुदायले आग्रह गरे पनि त्यसको बेवास्ता भएपछि विवाद चर्किएको जनाइएको छ।

विवाद बढ्दै जाँदा दुवै समुदायबीच ढुंगामुढा समेत भएको थियो। त्यसपछि आक्रोशित बनेका केही व्यक्तिहरूले विरोध प्रदर्शन गरेका थिए। स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले लाठीचार्ज गर्नुका साथै केही राउन्ड अश्रुग्यास प्रहार गरेका थिए।


घटनामा सुरक्षाकर्मी र सर्वसाधारण गरी ८ जना घाइते भएका छन्। घाइतेमध्ये नेपाल प्रहरीका ३, सशस्त्र प्रहरीका २ र प्रदर्शनकारी ३ जना रहेका प्रहरीले जनाएको छ।

प्रदर्शनकारीहरूले तौलिहवा–बहादुरगञ्ज सडक खण्डअन्तर्गत गैंडहवामा टायर बालेर सडक अवरुद्ध गरेका थिए। घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

घटनापछि जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्म महाराजगञ्ज नगरपालिकाको पूर्वमा बडगढी पुल, पश्चिममा बहादुरगञ्ज चोक, उत्तरमा महाराजगञ्ज बजार र दक्षिणमा हदौना क्षेत्रसम्म भेला, जुलुस र प्रदर्शन गर्न निषेध गरेको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content