चैत्र 3 पोखरिया
मालपोत कार्यालय, पोखरियामा अहिले व्यापक भ्रष्टाचार र अनियमितता बढेको स्थानीयहरूले गुनासो गरेका छन् ।
मालपोत कार्यालय, पोखरियामा अहिले सहजरूपमा काम हुन छाडेको छ । बिचौलियाहरूको हालीमुहाली बढेको र योसँगै सेवाग्राहीले सहज सेवा पाउन छाडेका छन् । सामान्य काम गराउनका लागि पनि अहिले सो कार्यालयमा बिचौलियाको सहारा लिनुपर्ने भएको छ भने बिचौलिया नराख्नेहरूको काम हप्ता दिनसम्म पनि हुन गाह्रो हुने गरेको छ ।
मालपोत कार्यालय, पोखरियाका कर्मचारीहरूको अहिले बिचौलियाहरूसँग उठबस बढेको छ । उनीहरूले कर्मचारीलाई हातमा लिएर सेवाग्राहीलाई दुःख दिने गरेका छन् । रकम दिनेको काम चाँडो र नदिनेको काममा ढिलाइ हुनुको प्रमुख कारण पनि यही भएको छ । काम रोकिनु, ढिला हुनुको प्रभावकारी कारण देखाइन्न ।
काम नहुनु र ढिला हुनुको कारण कर्मचारीहरूले खुलस्त नभन्ने, कागजात कम छ, थप के कागज चाहिन्छ जस्ता कुराहरू पु¥याएर ल्याउन सेवाग्राहीलाई भन्ने र सोअनुरूपका कागजात पुर्याएर ल्याएका सेवाग्राहीहरूलाई पनि विभिन्न कारणहरू देखाएर काममा ढिलाइ गर्ने प्रवृत्ति मौलाएको छ ।
खासगरी मुद्दा फाँटबाट हुने सेवा प्रभावमा भने झनै अनियमितता हुने गरेको छ । हालसाबिक गर्दा हुने जग्गा थपघटका घटनामा फाँटका रामरेखा चौरसियाले सेवाग्राहीलाई दुःख दिने गरेको गुनासो बढ्दो छ । यसबारेमा कार्यालय प्रमुख रामजी साहलाई पटकपटक ध्यानाकर्षण गराइएको तर केही सुनवाइ नभएको एकजना पीडित सेवाग्राहीले गुनासो गरे ।




COMMENTS