$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

पोखरीया नगरपालिकाका वडा नम्बर 4/5 सतवरिया र पोखरियामा नेकपा (एमाले) ले घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेको छ।

  पर्साको पोखरीया नगरपालिकाका वडा नम्बर 4/5 सतवरिया र पोखरियामा नेकपा (एमाले) ले घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेको छ।  आगामी नि...

 


पर्साको पोखरीया नगरपालिकाका वडा नम्बर 4/5 सतवरिया र पोखरियामा नेकपा (एमाले) ले घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेको छ।


 आगामी निर्वाचनलाई लक्षित गर्दै आयोजित कार्यक्रममा एमाले नेताहरूले स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गर्दै पार्टीका एजेन्डा र विकास योजनाबारे जानकारी गराएका थिए।


कार्यक्रममा प्रतिनिधिसभा सदस्य उम्मेदवार रूपेश कुमार पाण्डे पक्षधर नेताहरूले समृद्ध क्षेत्रको निर्माणका लागि स्थिर राजनीतिक नेतृत्व आवश्यक रहेको धारणा राखे। उनीहरूले विगतका राजनीतिक अस्थिरता र अवसरवादी प्रवृत्तिले विकासको गति अवरुद्ध भएको उल्लेख गर्दै अब निर्णायक जनमतमार्फत स्थायित्व र विकासतर्फ अघि बढ्नुपर्नेमा जोड दिए।


घरदैलोका क्रममा स्थानीयवासीले सडक, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी जस्ता आधारभूत विषयमा आफ्ना समस्या र अपेक्षा राखेका थिए। एमाले नेतृत्वले ती मुद्दाहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता जनाएको बताइएको छ।


रूपेश पाण्डेलाई युवा, ऊर्जाशील र परिवर्तनको संवाहक नेताका रूपमा प्रस्तुत गर्दै कार्यकर्ताहरूले “विकास, सुशासन र समृद्धि” लाई मुख्य चुनावी एजेन्डा बनाइएको जनाएका छन्। पछिल्ला दिनहरूमा पोखरीया क्षेत्रमा एमालेप्रति आकर्षण बढ्दै गएको दाबी पनि गरिएको छ।


पर्सा - ३मा चुनावी प्रतिस्पर्धा यसपटक रोचक बन्दै गएको छ। मुख्य दलहरूबीच प्रतिस्पर्धा तीव्र हुँदै जाँदा मतदाताको झुकाव अन्तिम समयमा निर्णायक हुने आकलन गरिएको छ। यस्तो अवस्थामा घरदैलोमार्फत प्रत्यक्ष जनसम्पर्क विस्तार गर्नु एमालेका लागि रणनीतिक रूपमा महत्वपूर्ण मानिएको छ।


कार्यक्रममा नेताहरूले सूर्य चुनाव चिन्हमा मतदान गर्न अपिल गर्दै विकास र स्थायित्वका लागि एमाले उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका थिए।


COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content