$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

आरतीको टाउको र घाँटीमा बञ्चरो तथा दाउ प्रहार गरी हत्या, पति फरार

रौटहट, ४ फागुन । रौतहटको फतुवा विजयपुर नगरपालिका–६ पेटभरवामा एकजना पतिले आफ्नै पत्नीको हत्या गरेर फरार भएका छन् ।  सो ठाउँका ४५ वर्षीय महन्थ...

रौटहट, ४ फागुन । रौतहटको फतुवा विजयपुर नगरपालिका–६ पेटभरवामा एकजना पतिले आफ्नै पत्नीको हत्या गरेर फरार भएका छन् । 

सो ठाउँका ४५ वर्षीय महन्थ राय यादवले ३५ वर्षीया पत्नी आरतीदेवी यादवको हत्या गरी फरार भएको प्रहरीले जनाएको छ । 

प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग गरिएको बञ्चरो र दाउ बरामद गरेको छ । आरतीको टाउको र घाँटीमा बञ्चरो तथा दाउ प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । 

होटल व्यवसाय सञ्चालन गर्दै आएका महन्थ र विभिन्न स्थानमा कामको सिलसिलामा बाहिर बस्दै आएकी आरतीबीच विगत केही वर्षदेखि सम्बन्ध सुमधुर थिएन । करिब डेढ वर्षपछि पाँच दिनअघि मात्र घर फर्किएकी आरतीको शनिवार राति सुतिरहेकै अवस्थामा हत्या गरिएको प्रहरीको अनुमान छ । आइतवार बिहान अबेरसम्म पनि घरको ढोका नखुलेपछि स्थानीयले शंका लागेर प्रहरीलाई खबर गरेका थिए । जनप्रतिनिधिको रोहवरमा इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाबाट खटिएको टोलीले ढोका खोल्दा आरती आफ्नै ओछ्यानमा मृत फेला परेकी थिइन् ।

घटनापछि फरार रहेका महन्थले वडा अध्यक्ष राम एकवाल यादवसँगको फोन सम्पर्कमा श्रीमतीको चरित्रमाथि शंका गर्दै आफूले हत्या गरेको स्वीकारेका छन् । उनले प्रहरीसमक्ष आत्मसमर्पण गर्ने बताए तापनि हालसम्म उनी फरार नै रहेकाले प्रहरीले उनको खोजी कार्य तीव्र बनाएको छ ।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सीताराम रिजालले जानकारी गराएका छन् । 

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content