$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

छुद्र गतिविधिका कारण विवादमा सुरेन्द्र चौधरी, जनप्रतिनिधि र सर्वसाधारण दुवै हैरान

  वीरगञ्ज   नेपाली कांग्रेसका स्थानीय नेता सुरेन्द्र चौधरी पुनः विवादमा तानिएका छन्। विभिन्न छुद्र गतिविधि तथा विवादास्पद अभिव्यक्तिका कारण ...

 

वीरगञ्ज 

 नेपाली कांग्रेसका स्थानीय नेता सुरेन्द्र चौधरी पुनः विवादमा तानिएका छन्। विभिन्न छुद्र गतिविधि तथा विवादास्पद अभिव्यक्तिका कारण उनीप्रति स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारण नागरिक असन्तुष्ट बन्दै गएको बताइन्छ।


राजनीतिक जीवनभर विवादमा मुछिँदै आएका चौधरीमाथि विपक्षी नेतामाथि झुटा आरोप लगाउने, मुद्दा दर्ता गराएर दुःख दिने तथा व्यक्तिगत चरित्रमाथि आक्रमण गर्ने प्रवृत्ति रहेको आरोप लाग्दै आएको छ। जिल्लावासीहरूका अनुसार उनी राजनीतिक प्रतिस्पर्धाभन्दा पनि विवाद सिर्जना गरेर चर्चामा रहने रणनीतिमा बढी केन्द्रित देखिन्छन्।


यसका अतिरिक्त, विभिन्न गाउँबाट आएका सर्वसाधारण नागरिकसँग प्रहरीमा रहेका मुद्दा मिलाइदिने भन्दै रकम असुल्ने गरेको विषय पनि पटक–पटक सार्वजनिक हुँदै आएको छ। काम पूरा नभएपछि रकम फिर्ता माग्न जाँदा पीडितहरूलाई उल्टै अपमानित गरी फर्काउने गरेको गुनासो स्थानीयले गर्दै आएका छन्।


चौधरीले आफ्नो शैक्षिक पृष्ठभूमिलाई लिएर पनि बढाइचढाइ गर्ने गरेको आरोप लाग्दै आएको छ। सीमावर्ती क्षेत्रको एक शैक्षिक संस्थाबाट अध्ययन गरेका भए पनि आफूले विश्वप्रसिद्ध विश्वविद्यालयमा अध्ययन गरेको दाबी गर्दै उनले भ्रम सिर्जना गर्ने प्रयास गरेको स्थानीयको भनाइ छ।


पार्टीभित्र समेत चौधरीको कार्यशैलीप्रति असन्तुष्टि बढ्दै गएको देखिन्छ। सहकर्मी नेताहरू तथा कार्यकर्तालाई दबाब दिने, दमन गर्ने तथा प्रताडित गर्ने प्रवृत्ति रहेको आरोप कांग्रेसकै कार्यकर्ताहरूले लगाउने गरेका छन्। चौधरीको पैतृक गाउँ पटेर्वासुगौली गाउँपालिकामा कांग्रेसकै नेतृत्व भए पनि त्यहाँका जनप्रतिनिधिहरू उनीप्रति असन्तुष्ट रहेको बताइन्छ। यसैगरी, पकाहाँ मैनपुर गाउँपालिकाका जनप्रतिनिधिहरू पनि चौधरीको व्यवहारबाट दिक्क भई सम्पर्क टाढा राख्ने गरेका छन्।


अघिल्लो निर्वाचनका क्रममा चौधरीले पोखरिया नगरपालिका–सत्वरिया गाउँमा मतदाताप्रति दिएको नकारात्मक अभिव्यक्ति अझै सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। उक्त अभिव्यक्तिका कारण स्थानीय मतदाताहरू उनीप्रति आक्रोशित रहेको र आगामी निर्वाचनमा उनलाई बहिष्कार गर्ने चेतावनी दिएका छन्।


राजनीतिक नेतृत्वमा पारदर्शिता, उत्तरदायित्व र जनभावनाको सम्मान आवश्यक हुने भए पनि चौधरीको कार्यशैलीमा यी पक्षको अभाव देखिएको भन्दै स्थानीय स्तरमा उनको राजनीतिक विश्वसनीयता कमजोर बन्दै गएको विश्लेषकहरूको भनाइ छ।



COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content