$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

रास्वपाकी समानुपातिक उम्मेदवार कृपा महर्जन पाँच दिन पर्सामा, चारै क्षेत्रका उम्मेदवारसँग घरदैलो अभियान

  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक उम्मेदवार तथा काठमाडौँ निवासी कृपा महर्जन निर्वाचन प्रचार–प्रसारका क्रममा पर्सा जिल्लाम...

 


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक उम्मेदवार तथा काठमाडौँ निवासी कृपा महर्जन निर्वाचन प्रचार–प्रसारका क्रममा पर्सा जिल्लामा पाँच दिनसम्म सक्रिय रूपमा खटिएकी छन्। पार्टीको केन्द्रीय निर्णय अनुसार पर्सा पठाइएकी महर्जनले जिल्लाका चारै निर्वाचन क्षेत्रका प्रत्यक्ष उम्मेदवारहरूसँग मिलेर जनताका घरदैलोमा पुग्दै मत मागेकी हुन्।



महर्जनले वर्तमान राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै देशमा परिवर्तन र स्थिर सरकारको आवश्यकता रहेको उल्लेख गर्दै त्यसका लागि रास्वपालाई बहुमत दिलाउन घन्टी चिन्हमा मतदान गर्न आग्रह गरिन्। उनले पर्सा क्षेत्र नं. १ अन्तर्गत बिरगञ्जलगायतका स्थान, क्षेत्र नं. २ का विभिन्न वार्ड, क्षेत्र नं. ३ को बहुदरमाई नगरपालिकाका विभिन्न वार्ड तथा क्षेत्र नं. ४ अन्तर्गत ठोरीलगायतका क्षेत्रमा उम्मेदवारहरूसँगै पुगेर मत मागेकी थिइन्। पर्साका चारै निर्वाचन क्षेत्रका उम्मेदवार विजयी हुनेमा आफू विश्वस्त रहेको उनले बताइन्।


यसैबीच, धोबिनी गाउँपालिकामा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी रास्वपामा प्रवेश गरेका व्यक्तिहरूलाई महर्जनले स्वागत गरेकी थिइन्। उक्त कार्यक्रममा रास्वपाकी पर्सा जिल्ला कार्यबाहक सभापति तुलसा अधिकारी पनि महर्जनसँगै सहभागी थिइन्।


पाँच दिनको बिरगञ्ज बसाइका क्रममा रास्वपाप्रति जनताको बढ्दो लगाव र निर्वाचनप्रतिको उत्साह देखेर पार्टीले आगामी निर्वाचनमा स्पष्ट बहुमत ल्याउनेमा आफू ढुक्क रहेको महर्जनको भनाइ छ।


COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content