वीरगञ्ज
नेकपा (एमाले) गाउँपालिका कमिटी, पटेर्वा सुगौलीको आयोजनामा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना हुने भएको छ। पर्सा निर्वाचन क्षेत्र नम्बर–३ केन्द्रित उक्त कार्यक्रमले पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल गर्ने उद्देश्य लिएको आयोजकले जनाएको छ।
उक्त कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय कमिटी उपमहासचिव तथा पूर्व मन्त्री, प्रभावशाली युवा नेता योगेश भट्टराई प्रमुख अतिथिको रूपमा सहभागी हुने कार्यक्रम रहेको छ। भट्टराईको उपस्थितिलाई स्थानीय तहमा पार्टीको संगठनात्मक शक्ति मजबुत बनाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
कार्यकर्ता भेटघाट कार्यक्रममार्फत पार्टीभित्रको एकता थप मजबुत बनाउने, संगठनलाई सक्रिय बनाउने तथा कार्यकर्ताबीच आपसी समन्वय अभिवृद्धि गर्ने लक्ष्य राखिएको नेकपा (एमाले) गाउँपालिका कमिटीले जनाएको छ। कार्यक्रममा पर्सा निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गतका सम्पूर्ण पार्टी नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।
कार्यक्रम पटेर्वा सुगौली गाउँपालिकामा अवस्थित श्री बनसप्ती गादी माई मन्दिर परिसरमा २०८२ माघ २४ गते शनिबार बिहान ठीक ११ बजे आयोजना हुने छ।
आयोजक नेकपा (एमाले) गाउँपालिका कमिटी, पटेर्वा सुगौली पर्साले कार्यक्रमलाई सफल बनाउन पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता तथा समर्थकहरूलाई गरिमामय उपस्थितिका लागि आह्वान गरेको छ।




COMMENTS