हरिकिशोर शर्मा १ माघ जिराभवानी
पर्साको जिराभवानी गाँउपालिका वडा नं० ३ नौकाटोल चौकमा खिचड़ी माघी महोत्सव बिहिबार सम्पन्न भएको छ । आदिवासी थारु समुदायको थारु संम्बत २६५० सालको नयाँ बर्षको अवसरमा जिराभवानी गाँउपालिकाको प्रायोजन तथा जिराभवानी गाउँपालिका वडा न ३ नौकाटोला यूवा समाजको आयोजनामा भएको सो कार्यक्रम मा प्रमुख अतिथि रहनु भएका पर्सा क्षेत्र नम्बर ४ क बाट निवाचित प्रदेश सान्सद तथा मधेश प्रदेश सरकाको वन तथा वातावरण मन्त्रि शँकर प्रसाद चौधरीले पानसमा दिपक जलाई कार्यक्रमको सुभारम्भ गर्नुभएको थियो ।
कार्यक्रमलाई समबोधन गर्दै थारु समुदायको परम्परागत संस्कृति, भाषा, पहिरन, पहिचानको संरक्षणका लागी यसता कार्यक्रमहरु गर्नु पर्ने आवश्यक्ता रहेको उहाले बताउनु भयो । कार्यक्रममा थारु समुदायमा परम्परागत सामाग्री माछा मार्ने खोकी तथा बेवालाई प्रदर्शनी रुपमा राखिएका थिए । यसका साथै समुदायमा हाबी रहेका बिकृती तथा बिसंगतीलाई न्यूणीकरण गर्न बिभिन्न किसिम्मको गीत तथा नाटकहरुको प्रदर्शन गरिएका र कार्यक्रममा थारु समुदायको कलचरल नृत्य प्रस्तुत गरिएको सहकर्मी हरिकिसोर शर्माले बताए ।
कार्यक्रममा थारु खानाको परिकार अन्तर्गत माछा, घोङ्गी, परेवाका मासु, हासको मासु लगायतका सामग्रीहरुको प्रदर्शनीमा राखिएका थिए । राष्ट्रिय थारु कलाकार पर्सा जिल्लाका नेपाली निरहुवा ममता चौधरी र मुस्कान चौधरी बिभिन्न बिद्यालयका छात्रछात्राहरुको नृत्य पनि प्रस्तुत गरिएको थियो । यसका साथै जिल्लाको वीरगंजस्थित स्वीमिंग पुल, पर्सागढी नगरपालिकाको बढनियार, सखुवाप्रसौनी गाउँपालिकाको पंचगावा, लगायत अन्य अन्य ठाउँहरुमा माघी तथा खिचडी महोत्सव मनाईएको छ।




COMMENTS