पर्सा
नेकपा (एमाले) पर्सा निर्वाचन क्षेत्र नम्बर–२ की प्रतिनिधिसभा उम्मेदवार रिमा कुमारी यादवले आफू बोलेर भन्दा काम गरेर देखाउने नेतृ भएको बताउनुभएको छ।
पर्सा गढी नगरपालिका वडा नम्बर–३ स्थित सिर्जना टोलमा आयोजित वडा स्तरीय भेलालाई सम्बोधन गर्दै उम्मेदवार यादवले यस क्षेत्रको समग्र विकासका लागि थुप्रै काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
यादवले आफु पद र शक्तिका लागि नभई वास्तविक परिवर्तनका लागि उम्मेदवारी दिएको बताउँदै शिक्षा, स्वास्थ्य, रोजगारी तथा आधारभूत पूर्वाधार विकासलाई आफ्नो प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि गोकर्ण पाठकले यो निर्वाचन देश जलाउने र देश बचाउनेबीचको लडाइँ भएको उल्लेख गर्दै देश निर्माण गर्ने पार्टी नेकपा (एमाले)लाई विजयी गराउन आग्रह गर्नुभयो। उहाँले एमालेले योग्य, शिक्षित र सक्षम महिला उम्मेदवार उठाएकोमा गर्व व्यक्त गर्नुभयो।
कार्यक्रममा नेतृ सिता लामा लगायत अन्य नेता तथा कार्यकर्ताहरूले पनि आ–आफ्नो धारणा राखेका थिए।
भेला वडाका उपाध्यक्ष मुनिलाल पासवानको अध्यक्षतामा सम्पन्न भएको थियो।




COMMENTS