$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

बिरगंज स्कुल अफ लमा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न, कानुनी शिक्षाको विस्तारबारे महत्वपूर्ण घोषणा

अभिलाष गुप्ता  ०४ माघ वीरगंज  बिरगंज स्कुल अफ लद्वारा बि.ए.एल.एल.बि. प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरूको स्वागत तथा विभिन्न व्यक्तित्वहर...

अभिलाष गुप्ता  ०४ माघ वीरगंज 

बिरगंज स्कुल अफ लद्वारा बि.ए.एल.एल.बि. प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरूको स्वागत तथा विभिन्न व्यक्तित्वहरूको सम्मानका लागि विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम क्याम्प प्रमुख तथा वरिष्ठ अधिवक्ता चन्द्रीका प्रसाद पटेलको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि राजर्षि जनक विश्वविद्यालय (रा.ज.वि.) मानविकी तथा कानुन संकायका डीन प्राध्यापक डा. नरेन्द्र कटुवाल रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा सहायक डीन समीप घिमिरेको उपस्थिति रहेको थियो।


कार्यक्रममा बि.ए.एल.एल.बि. प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरूलाई औपचारिक रूपमा स्वागत गरिएको थियो। साथै, उच्च बार वीरगंजका अध्यक्ष अधिवक्ता शैलेन्द्र वर्मा र पर्सा जिल्ला अदालत बारका अध्यक्ष रामनारायण कुर्मीले न्याय क्षेत्र तथा कानुनी शिक्षामा पुर्‍याएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको थियो।


यसै अवसरमा बार काउन्सिलको ३३औँ परीक्षामा प्रदेशमै छैटौँ स्थान हासिल गर्न सफल अधिवक्ता रितिक यादवलाई कार्यक्रमका विशेष अतिथि अधिवक्ता शिव कोइराला र अधिवक्ता चन्द्रीका प्रसाद पटेलले संयुक्त रूपमा दोसल्ला ओढाई सम्मान–पत्र प्रदान गर्नुभएको थियो।

कार्यक्रममा प्रा. डा. हरेराम ठाकुर, सह–प्राध्यापक इन्दुशेखर मिश्र, उप–प्राध्यापक दिलिप सिंह, डा. वासुलाल कर्ण, साहित्यकार प्रमोद कुमार पाण्डे ‘हेरम्ब’, पर्सा बारका पूर्व अध्यक्ष अधिवक्ता रामाशिस यादव, सुनिल यादव, पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभाकर मल्लिक, सरकारी वकिल उपन्यायाधिवक्ता बुधिलाल श्रेष्ठ, सहायक जिल्ला न्यायाधिवक्ता महेस अर्याल, बालरोग विशेषज्ञ डा. इलताफ अन्सारी, स्कुल अफ लका सहायक प्राध्यापकहरू, प्रथम तथा दोस्रो वर्षका विद्यार्थीहरू र विभिन्न सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


कार्यक्रममा दोस्रो वर्षका विद्यार्थीहरूले आकर्षक नृत्य प्रस्तुत गरी कार्यक्रमलाई थप रमाइलो बनाएका थिए।मन्तव्यका क्रममा प्रमुख अतिथि डीन डा. कटुवालले रा.ज.वि. अन्तर्गत २ वर्षे एल.एल.एम., ३ वर्षे एल.एल.बि. र ५ वर्षे बि.ए.एल.एल.बि. कार्यक्रम सफलतापूर्वक सञ्चालनमा आएको बताउँदै छिट्टै बिरगंज स्कुल अफ लमै यी तीनै कार्यक्रम सञ्चालन गरिने महत्वपूर्ण घोषणा गर्नुभयो।


विशिष्ट अतिथि सहायक डीन घिमिरेले विद्यार्थीहरूलाई इमानदार, अनुशासित र मेहनती भई अध्ययनमा लाग्न प्रेरणा दिनुभयो। विशेष अतिथि अधिवक्ता शिव कोइरालाले कानुनका विद्यार्थीहरूलाई सम्पूर्ण विद्यार्थी जीवनभर अध्ययनशील रहन आग्रह गर्नुभयो।

कार्यक्रमको सञ्चालन दोस्रो वर्षका विद्यार्थी अम्बिका कर्ण र आशुतोष महतोले गर्नुभएको थियो।


कानुनी शिक्षा, विद्यार्थी प्रेरणा तथा उपलब्धिको सम्मानलाई केन्द्रमा राखेर सम्पन्न यस कार्यक्रमले बिरगंज स्कुल अफ ललाई क्षेत्रीय कानुनी शिक्षाको महत्वपूर्ण केन्द्रका रूपमा थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content