शैलेश गुप्ता १४ माघ पोखरिया
वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत पोखरियामा आज नेपाल कम्युनिष्ट पार्टी ९एमाले० पर्सा क्षेत्र नं। ३ को क्षेत्रीय बैठक सम्पन्न भएको छ।
बैठकमा सहभागी नेता तथा कार्यकर्ताहरूका आवश्यकता, समस्या र सुझावहरू प्रत्यक्ष रूपमा सुनिएको थियो। कार्यक्रममा पर्सा क्षेत्र नम्बर–३ का एमाले उम्मेदवार रुपेश पाण्डेले नेता तथा कार्यकर्ताहरूसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका धारणा र सुझावहरू संकलन गर्नुभएको थियो।
नेताप्र प्रभु हजराका अनुसार आगामी निर्वाचनमा उम्मेदवार पाण्डेलाई विजयी बनाउन रणनीति तय गर्ने उद्देश्यले क्षेत्रीय बैठक आयोजना गरिएको हो। बैठकमा संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन तथा निर्वाचन अभियानलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल गरिएको थियो।
बैठकमा सहभागी नेता तथा कार्यकर्ताहरूले पार्टीको नीति, कार्यक्रम र उम्मेदवारका एजेन्डा जनतामाझ प्रभावकारी रूपमा पु¥याउने प्रतिबद्धता व्यक्त गरेका थिए।




COMMENTS