$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

नेशनल प्याब्सन बहुदरमाई नगर कमिटीद्वारा नकआउट क्रिकेट प्रतियोगिताको उद्घाटन

  अभिलाष गुप्ता  बिरगंज १७ माघ  नेशनल प्राइभेट एण्ड बोर्डिङ स्कुल्स एसोसिएसन नेपाल (National PABSAN) बहुदरमाई नगर कमिटीको आयोजनामा “Let All ...

 


अभिलाष गुप्ता 

बिरगंज १७ माघ 


नेशनल प्राइभेट एण्ड बोर्डिङ स्कुल्स एसोसिएसन नेपाल (National PABSAN) बहुदरमाई नगर कमिटीको आयोजनामा “Let All the National Private & Boarding School Be Unite” भन्ने मूल नारासहित नकआउट क्रिकेट प्रतियोगिताको भव्य उद्घाटन सम्पन्न भएको छ।


उद्घाटन कार्यक्रम नेशनल प्याब्सन पर्साका जिल्ला अध्यक्ष राम श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रम नेशनल प्याब्सन बहुदरमाई नगर कमिटीका नगर अध्यक्ष रबि कुमार साह तेलीको अध्यक्षतामा सम्पन्न भएको थियो।


कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नेशनल प्याब्सन वीरगञ्जका नगर अध्यक्ष सोनालाल पटेल, प्रमोद रायमाझी तथा बहुदरमाई नगरपालिका वडा नम्बर–२ का वडा अध्यक्ष जितेन्द्र पटेल लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।


नकआउट प्रणालीमा सञ्चालन भइरहेको उक्त क्रिकेट प्रतियोगितामा ५ वटा विद्यालय सहभागी रहेका छन्। प्रतियोगिता बहुदरमाई स्टेडियम, पिपरामा आयोजना भइरहेको छ। बहुदरमाई नगरपालिका तथा आसपासका क्षेत्रका राष्ट्रिय निजी तथा आवासीय विद्यालयहरूको सहभागिता रहेको यस प्रतियोगिताले विद्यालयस्तरको क्रिकेट प्रतिभा पहिचान गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।


शैक्षिक संस्थाबीच आपसी एकता, सहकार्य तथा खेलकुदमार्फत विद्यार्थी र शिक्षकहरूमा खेल भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाइएको छ। प्रतियोगिता सञ्चालनमा बहुदरमाई युवा क्लबको सहयोग रहेको छ।


कार्यक्रमलाई सम्बोधन गर्दै नेशनल प्याब्सन पर्साका जिल्ला अध्यक्ष राम श्रेष्ठले खेलकुदले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यस्ता प्रतियोगितालाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।आयोजकका अनुसार उक्त नकआउट क्रिकेट प्रतियोगिताको भोलि समापन हुने छ।


COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content