$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफ द्वारा पर्सा–१ बाट उम्मेदवारी दर्ता

अभिलाष गुप्ता वीरगञ्ज ०६ माघ आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट डा. सिके राउत नेतृत्वको जनमत पार्टी...

अभिलाष गुप्ता
वीरगञ्ज ०६ माघ

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट डा. सिके राउत नेतृत्वको जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले उम्मेदवारी दर्ता गराएका छन्।पार्टीका केन्द्रीय सदस्यसमेत रहेका सर्राफले जिल्ला समन्वय समिति पर्साको कार्यालयमा स्थापना गरिएको पर्सा निर्वाचन क्षेत्र नम्बर १ का निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रतिनिधिसभा सदस्य पदका लागि आफ्नो मनोनयन दर्ता गराएका हुन्।

मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सर्राफले देशमा अहिले नेतृत्व परिवर्तनको खाँचो रहेको बताए। युवाहरू वैकल्पिक र नयाँ नेतृत्वको खोजीमा रहेको उल्लेख गर्दै उनले यही अपेक्षालाई सम्बोधन गर्न आफू उम्मेदवार बनेको स्पष्ट पारे। देशमा परिवर्तन अपरिहार्य भइसकेको र जनताले अब पुरानै शैलीको राजनीतिभन्दा फरक विकल्प चाहिरहेको उनको भनाइ थियो।

सर्राफले पर्सा–१ बाट यसअघि पटक–पटक निर्वाचित सांसदहरूले वीरगञ्जको समग्र विकासका लागि उल्लेखनीय काम गर्न नसकेको आरोप लगाए। उनले वीरगञ्जको ऐतिहासिक र आर्थिक महत्व हुँदाहुँदै पनि यस क्षेत्रको गौरव जोगाउन तथा स्थानीय समस्याहरू समाधान गर्न निर्वाचित प्रतिनिधिहरू असफल भएको दाबी गरे।

वीरगञ्जको वास्तविक आवाज संसद्मा प्रभावकारी रूपमा उठ्न सकेन," सर्राफले भने, "खोसिएको गौरव फर्काउन र यहाँका जनताका समस्या राष्ट्रिय तहमा पुर्‍याउन मैले उम्मेदवारी दिएको हुँ।उनले यसअघि निर्वाचित सांसदहरूले नारायणी अस्पताल, ठाकुरराम बहुमुखी क्याम्पस र नारायणी रङ्गशालाजस्ता महत्वपूर्ण संस्थाको स्तरोन्नतिमा आवश्यक चासो नदेखाएको आरोप लगाए।

त्यस्तै, वीरगञ्जको लाइफलाइनका रूपमा चिनिने सिर्सिया नदीको सरसफाइ तथा प्रदूषण नियन्त्रणका विषयमा पनि विगतका जनप्रतिनिधिहरूले कुनै ठोस पहल नगरेको उनको आरोप थियो।
सर्राफले आफू निर्वाचित भएमा शिक्षा, स्वास्थ्य, खेलकुद र वातावरण संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै वीरगञ्ज र पर्सा जिल्लाको समग्र विकासका लागि निरन्तर संघर्ष गर्ने बताए।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content