$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

पर्सागढीमा रास्वपाको नगर कार्यालय स्थापना, ‘परिवर्तनको लहर अब रोकिँदैन’ : उम्मेदवार कानु

  वीरगन्ज, ११ माघ पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नगर पार्टी कार्यालय स्थापना गरी औपचारिक रूपमा ...

 


वीरगन्ज, ११ माघ

पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नगर पार्टी कार्यालय स्थापना गरी औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ। बडनिहारमा स्थापना गरिएको उक्त नगर पार्टी कार्यालयको उद्घाटन आइतबार रास्वपाका पर्सा–२ का उम्मेदवार सुशील कुमार कानुले गरेका हुन्।

कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै उम्मेदवार कानुले देशमा परिवर्तनको स्पष्ट लहर सुरु भइसकेको दाबी गरे। उनले पहिलो पटक मधेसी समुदायका छोरा बालेन शाहलाई प्रधानमन्त्री बनाउने उद्घोष रास्वपाले गरिसकेको उल्लेख गर्दै, यसले मधेस मात्र नभई देशभरका नेपाली जनतामा नयाँ आशा र उत्साह पैदा गरेको बताए।

रास्वपाप्रति बढ्दो जनसमर्थनका कारण आगामी निर्वाचनमा पार्टीले प्रचण्ड बहुमत हासिल गर्ने विश्वास व्यक्त गर्दै कानुले पर्सा–२ मा पनि परिवर्तनको माहोल देखिएको बताए। उनले जनताको आशा र भरोसालाई कहिल्यै टुट्न नदिने गरी काम गर्ने प्रतिबद्धता समेत जनाए।

नगर पार्टी कार्यालय उद्घाटन कार्यक्रममा रास्वपा पर्साकी कार्यवाहक सभापति तुलसा पौडेल, क्षेत्रीय उपसभापति शान्ति ढकाल, नगर सभापति कविराज अर्याल, उपसभापति सुनिल रायभर, सचिव सरफु आलम अन्सारी, कोषाध्यक्ष सम्झना कार्की तथा सदस्यहरू ध्रुब खड्का, रविराज यादव, धुरेन्द्र राम, महाराज सिद्धिकी, सनोज साह, केदार ठाकुर, धिरेन्द्र राउत, हरेराम राम लगायतको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागी नेताहरूले संगठन विस्तार, जनसरोकारका मुद्दा र वैकल्पिक राजनीतिको आवश्यकतामाथि जोड दिएका थिए।


COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content