$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

बिरगंज स्थित बीपी उत्थान अगाडिको रेल्वे जग्गामा जनकपुरबाट रेल ल्याई रेल्वे संग्रहालय स्थापना गर्ने तयारी

अभिलाष गुप्ता  ०८ माघ वीरगञ्ज  बिरगञ्जस्थित बीपी उत्थान अगाडि रहेको रेल्वे जग्गामा जनकपुरबाट पुरानो रेल ल्याई रेल्वे संग्रहालय स्थापना गर्ने...

अभिलाष गुप्ता  ०८ माघ वीरगञ्ज 

बिरगञ्जस्थित बीपी उत्थान अगाडि रहेको रेल्वे जग्गामा जनकपुरबाट पुरानो रेल ल्याई रेल्वे संग्रहालय स्थापना गर्ने विषयमा आज स्थलगत निरीक्षण गरिएको छ। ऐतिहासिक रेल सम्पदाको संरक्षण तथा पर्यटकीय विकासको उद्देश्यसहित अघि बढाइएको उक्त योजनाबारे सरोकारवालाहरूबीच छलफल भएको हो।


निरीक्षण कार्यक्रममा बिरगञ्ज महानगरपालिकाका नगर प्रमुख मेयर राजेशमान सिंह, महानगरपालिकाका हरियाली संयोजक एवं सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष प्रकाश खेतान, सरसफाइ अभियन्ता शिव गुप्ता लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।


स्थलगत निरीक्षणका क्रममा उक्त स्थानको अवस्था, पूर्वाधार सम्भावना तथा संग्रहालय स्थापनाका लागि आवश्यक प्रक्रिया बारे विस्तृत रूपमा छलफल गरिएको जनाइएको छ। सहभागीहरूले जनकपुरबाट ऐतिहासिक महत्व बोकेको रेल शीघ्रताका साथ ल्याई संग्रहालय निर्माण गर्नुपर्नेमा जोड दिएका थिए।


मेयर सिंहले रेल्वे संग्रहालय स्थापना भएमा वीरगञ्जको ऐतिहासिक पहिचान थप सुदृढ हुने, पर्यटन प्रवर्द्धन हुने र नयाँ पुस्ताले रेल्वे इतिहासबारे जानकारी पाउने अवसर प्राप्त हुने बताउनुभयो। साथै, यो योजना महानगरको दीर्घकालीन सांस्कृतिक तथा पर्यटकीय विकास योजनासँग पनि मेल खाने उहाँको भनाइ थियो।


निरीक्षण टोलीले आवश्यक समन्वय र प्रक्रिया पूरा गरी छिटोभन्दा छिटो रेल ल्याउने र संग्रहालय स्थापनाको कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ। उक्त रेल्वे संग्रहालय वीरगञ्जको नयाँ आकर्षणका रूपमा विकास हुने अपेक्षा गरिएको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content