$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

ट्राफिक सचेतना कार्यक्रम सम्पन्न ८० भन्दा बढी विद्यार्थीलाई ट्राफिक नियमबारे व्यवहारिक जानकारी

  अभिलाष गुप्ता ६ माघ  वीरगञ्ज  वीरगञ्जस्थित कावेरी एकेडेमीमा ट्राफिक सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम जिल्ला ट्राफिक ...

 


अभिलाष गुप्ता ६ माघ  वीरगञ्ज 

वीरगञ्जस्थित कावेरी एकेडेमीमा ट्राफिक सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी निरीक्षक युवराज कटवालको प्रमुख आतिथ्यमा सञ्चालन गरिएको थियो।


कक्षा ९ र १० का ८० भन्दा बढी विद्यार्थीहरू को सक्रिय सहभागिता रहेको उक्त कार्यक्रममा दैनिक जीवनमा ट्राफिक प्रणालीको महत्व, सडक सुरक्षाका आधारभूत नियमहरू, सवारी साधन प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी तथा दुर्घटना न्यूनीकरणका उपायहरूबारे विस्तृत जानकारी प्रदान गरिएको थियो। 


सहभागी विद्यार्थीहरूले ट्राफिक नियम पालना नगर्दा हुने जोखिम र नियम पालनाले सुरक्षित जीवनमा पुर्‍याउने योगदानबारे महत्वपूर्ण ज्ञान प्राप्त गरेका थिए।कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक युवराज कटवालले विद्यार्थीहरूलाई सचेत र जिम्मेवार सडक प्रयोगकर्ता बन्न आग्रह गर्दै सानै उमेरदेखि ट्राफिक नियमको पालना गर्नुपर्छ भन्ने सन्देश दिनुभयो। 


उहाँले ट्राफिक नियम केवल जरिवानाबाट बच्नका लागि मात्र नभई आफ्नो र अरूको ज्यान सुरक्षाका लागि अनिवार्य भएको उल्लेख गर्नुभयो।उक्त सचेतना कार्यक्रममा एलाइड युथ सोसाइटीका संस्थापक अध्यक्ष ओम कुमार झाको विशेष उपस्थिति रहेको थियोे भने कार्यक्रमको अध्यक्षता अभिमन्यु झाको नेतृत्वमा सम्पन्न भएको हो।


कार्यक्रम सफल बनाउन संस्थाका अन्य सक्रिय सदस्यहरूको उल्लेखनीय भूमिका रहेको आयोजकले जानकारी दिएका छन्।

कार्यक्रमको अन्त्यमा आयोजक पक्षले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक युवराज कटवालप्रति आभार व्यक्त गर्दै यस्ता सचेतनामूलक कार्यक्रमहरूले विद्यार्थीहरूमा अनुशासन, जिम्मेवारी र सुरक्षित ट्राफिक संस्कृतिको विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।


विद्यालय प्रशासनले पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै विद्यार्थीहरूलाई स्वस्थ, सुरक्षित र नियमपालक नागरिक बनाउनेतर्फ जोड दिने प्रतिबद्धता जनाएको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content