वीरगंज, २१ पुस । रौतहट जिल्लाको बौधिमाई नगरपालिका–१ स्थित भुवाली चौकमा सोमवार बिहान भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ। इभी गाडी ...
वीरगंज, २१ पुस । रौतहट जिल्लाको बौधिमाई नगरपालिका–१ स्थित भुवाली चौकमा सोमवार बिहान भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ।
इभी गाडी र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुने युवक बौधिमाई नगरपालिका–२ इनर्वा निवासी दिपेन्द्र बैठा रहेको छ। बिहान इभी गाडी र विपरीत दिशाबाट आउँदै गरेको बैठाले चलाउदै गरेको मोटरसाइकल भुवाली चौकमा ठोक्किएका थिए। घटनामा परि मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताए ।
दुर्घटनापछि घटनास्थलमा प्रहरीको टोली पुगेर आवश्यक अनुसन्धान शुरू गरेको छ। मृतकको पहिचान तथा दुर्घटनाको कारणवारे थप विवरण सङ्कलन भइरहेको प्रहरीले जानकारी गराएको छ ।





COMMENTS