वीरगंज, ४ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता एवं पूर्व मन्त्री प्रदीप यादवलाई नेकपा एमालेले पर्सा निर्वाचन क्षेत्र नं १ बाट उम्म...
वीरगंज, ४ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता एवं पूर्व मन्त्री प्रदीप यादवलाई नेकपा एमालेले पर्सा निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवार बनाएको छ।
नेकपा एमालेको केन्द्रीय नेतृत्वको निर्णयअनुसार यादवलाई आगामी निर्वाचनका लागि पर्सा क्षेत्र नं १ को उम्मेदवारका रूपमा अघि सारिएको हो। लामो समयदेखि मधेसको राजनीति क्षेत्रमा सक्रिय यादवको उम्मेदवारीले उक्त क्षेत्रमा चुनावी प्रतिस्पर्धा थप रोचक हुने अपेक्षा गरिएको छ।
पूर्व मन्त्रीसमेत रहनु भएका यादवले मधेसका मुद्दा, विकास र समावेशी प्रतिनिधित्वका विषयमा निरन्तर आवाज उठाउँदै आउनु भएको छ। उहाँको राजनीतिक अनुभव र जनसमर्थनलाई ध्यानमा राख्दै एमालेले उम्मेदवार बनाएको पार्टी स्रोतले जनाएको छ।
एमालेको यो निर्णयसँगै पर्सा क्षेत्र नं १ मा चुनावी माहोल तातिँदै गएको छ भने विभिन्न राजनीतिक दल तथा कार्यकर्ताबीच चर्चा परिचर्चा समेत बढेको छ।
यसैगरी पर्सा क्षेत्र नं. ३ मा प्रमोद जयसवाल र क्षेत्र नं. ४ मा जालीम मियाँ एमालेबाट उम्मेदवार बनाइएको छ ।

COMMENTS