कन्हैया पटेल ०९ माघ विरगन्ज
वीरगञ्ज — वीरगञ्ज महानगरपालिका–१ छपकैया स्थित भोजका लागि मंगाइएको ‘रिपुराज’ ब्रान्डको चामलको बोरा भित्र मरेको मुसा फेला परेको घटनाले स्थानीय क्षेत्रमा सनसनी मच्चाएको छ।
स्थानीय उपभोक्ता दीपक चौधरीका अनुसार, शुक्रबार बेलुकी नजिकैको पसलबाट मंगाइएको चामल खोल्दा बोरा भित्र राखिएको कुपन निकाल्ने क्रममा हातमै मरेको मुसा परेपछि सबै अचम्मित भएका थिए। दुर्गन्ध र दूषित अवस्था देखिएपछि चामल प्रयोग तुरुन्त रोकिएको जनाइएको छ।
चौधरीले यस घटनालाई खाद्य सुरक्षामा गम्भीर लापरवाही भएको बताएका छन्। उनका अनुसार भोजको लागी ल्याइएको चामलभित्र मरेको मुसा पर्नु स्वास्थ्यका लागि ठाडो जोखिम हो। त्यसैले उनले दोषी कम्पनीमाथि छानबिन गरी कडा कारबाही गर्न माग गरेका छन्।
स्थानीयवासी तथा उपभोक्ता अधिकारकर्मीहरूले पनि घटनाप्रति आक्रोश व्यक्त गर्दै चामलको उत्पादन, भण्डारण र वितरण प्रक्रियामा तत्काल छानबिन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। उनीहरूले बजारमा दूषित खाद्यवस्तु कसरी पुगे भन्ने स्पष्ट जवाफ र जिम्मेवारको पहिचान आवश्यक भएको बताएका छन्।
उक्त घटनाले बजारमा बिक्री हुने खाद्यवस्तुको गुणस्तर र उपभोक्ता सुरक्षामा निगरानी आवश्यक रहेको देखाएको छ




COMMENTS