$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

एन–प्याब्सन वीरगंजद्वारा २८औँ स्थापना दिवसको अवसरमा घण्टाघरमा भव्य रक्तदान कार्यक्रम सम्पन्न

अभिलाष गुप्ता २७ पौष वीरगंज   राष्ट्रिय निजी तथा आवासीय विद्यालय संगठन (एन–प्याब्सन) वीरगंज समितिको आयोजनामा संगठनको २८औँ राष्ट्रिय स्थापना ...

अभिलाष गुप्ता २७ पौष वीरगंज  

राष्ट्रिय निजी तथा आवासीय विद्यालय संगठन (एन–प्याब्सन) वीरगंज समितिको आयोजनामा संगठनको २८औँ राष्ट्रिय स्थापना दिवसको अवसरमा आज वीरगंजको घण्टाघरमा भव्य रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम एन–प्याब्सन वीरगंजका अध्यक्ष जियालाल गुप्ताको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा संगठनका केन्द्रीय संस्थापक सदस्य तथा केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामबिनय चौरसिया उपस्थित रहनुभएको थियो। कार्यक्रमको समन्वय सचिव शेख अजहर तथा कोषाध्यक्ष प्रमोद साहले गर्नुभएको थियो।

समाजसेवा र मानवीय उत्तरदायित्वलाई आत्मसात गर्दै आयोजना गरिएको कार्यक्रममा कुल ७० जनाले रक्तदान गरेका थिए। रक्तदातामध्ये ६३ जना पुरुष र ७ जना महिला रहेका थिए, जसले कार्यक्रमलाई थप प्रेरणादायी बनाएको थियो।

कार्यक्रममा सनी दुबे, राकेश यादव, दीपक तुल्स्यान, शौकत अली, हरिन्द्र कुशवाहा, राजेन्द्र आचार्य, श्रीनारायण साह, सोनालाल पटेल, नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाईलगायत विभिन्न विद्यालयका निर्देशक, शिक्षाविद् तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रामबिनय चौरसियाले एन–प्याब्सनले शिक्षा क्षेत्रसँगै समाजसेवामा पनि निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले रक्तदानजस्ता कार्यक्रमले मानव जीवन जोगाउन महत्वपूर्ण योगदान पुग्ने भन्दै यस्ता सामाजिक कार्यलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।

कार्यक्रमका अध्यक्ष जियालाल गुप्ताले रक्तदान जस्तो पवित्र कार्यमा सहभागी सम्पूर्ण रक्तदाताहरू, सहयोगी संस्था तथा स्वयंसेवकहरूप्रति धन्यवाद ज्ञापन गर्दै एन–प्याब्सन सदैव समाजप्रति उत्तरदायी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

रक्तदान गर्नु हुनेहरूमा प्रकाश यादव, विनय चौरसिया, अभय गिरी, अमरजित सिंह, लाल बाबु चौधरी, सुमित कुमार, रोनी ठाकुर, बिनोद यादवलगायतले आफ्नो अमूल्य रक्तदान गरेका थिए।

कार्यक्रममा नेपाल रक्त सञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभ पाण्डे तथा मनिष गुप्तालगायतको प्राविधिक सहयोग रहेको थियो। कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउने सबै सहभागी, स्वयंसेवक तथा सम्बन्धित संघ–संस्थाप्रति आयोजक समितिले आभार व्यक्त गरेको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content