$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा रास्वपाबाट रामाकान्त चौरसिया उम्मेदवार

  अभिलाष गुप्ता ०६ माघ  वीरगञ्ज  आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्माण व्यवसायी रामाकान्त चौरस...

 

अभिलाष गुप्ता ०६ माघ  वीरगञ्ज 

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्माण व्यवसायी रामाकान्त चौरसिया लाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार बनाएको छ। निर्माण व्यवसायी सङ्घ पर्साका अध्यक्षसमेत रहेका चौरसियालाई उम्मेदवार बनाएसँगै पर्साको राजनीतिक वृत्तमा व्यापक चर्चा र चासो पैदा भएको छ।


उम्मेदवारी घोषणा भएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै चौरसियाले आफू लामो समयदेखि निर्माण व्यवसाय तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएको उल्लेख गर्दै अब राजनीति मार्फत विकास, पारदर्शिता र सुशासन का लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले पर्सा क्षेत्र नम्बर ३ मा पूर्वाधार विकास, रोजगारी सिर्जना, गुणस्तरीय निर्माण र जनताका दैनिक समस्याको समाधानलाई प्राथमिकता दिने बताउनुभयो।


निर्माण व्यवसायी सङ्घ पर्साका अध्यक्षका रूपमा काम गर्ने क्रममा आफूले स्थानीय समस्या नजिकबाट बुझेको भन्दै चौरसियाले राजनीति सेवा गर्ने माध्यम भएको धारणा राख्नुभयो। “राजनीति पद र पहुँचको लागि होइन, जनताको सेवा र क्षेत्रको विकासका लागि हुनुपर्छ,” उहाँले भन्नुभयो।

रास्वपाले नयाँ सोच, नयाँ नेतृत्व र पुराना राजनीतिक अभ्यासमा परिवर्तन ल्याउने उद्देश्यसहित चौरसियालाई उम्मेदवार बनाएको पार्टीका स्थानीय नेताहरूले बताएका छन्। 


पार्टीका अनुसार व्यवसायिक पृष्ठभूमिबाट आएका चौरसियाले व्यवस्थापन क्षमता, इमान्दारिता र कार्यक्षमता का आधारमा जनताको विश्वास जित्न सक्ने अपेक्षा गरिएको छ।पर्सा–३ क्षेत्रमा परम्परागत दलहरूको बलियो उपस्थितिका बीच रास्वपाबाट व्यवसायिक तथा सामाजिक रूपमा चिनिएका व्यक्तिलाई उम्मेदवार बनाइनु अर्थपूर्ण कदमका रूपमा हेरिएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार यसले निर्वाचनलाई थप रोचक र प्रतिस्पर्धात्मक बनाउने निश्चित छ।


उक्त उम्मेदवारी दर्तामा राष्ट्रिय स्वतन्त्र पार्टी संगठन बिभागका उपप्रमुख प्रमोद सहनी,शिक्षा बिभागका उपप्रमुख सोनालाल पटेल,जिल्ला सदस्य प्रीयका पटेल,क्षेत्रीय सभापति प्रमोद कुर्मी,पोखरीया नगरपालिकाको सभापति प्रदिप कुमार पटेल एवं पदाधिकारीहरुको उल्लेखनीय उपस्थिति रहेको थियोे।


उम्मेदवारी दर्तापछि चौरसियाले क्षेत्रका मतदातासँग भेटघाट तथा जनसम्पर्क अभियानलाई तीव्रता दिने बताउनुभएको छ। उहाँले विकास र परिवर्तन चाहने सबै मतदातालाई साथ दिन आग्रह समेत गर्नुभएको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content