कृष्णनगर , माघ १७
इलाका प्रहरी कार्यालय कृष्णनगरले परिचयात्मक कार्यक्रम सम्पन्न गरेकाे छ।
इलाका प्रहरी कार्यालय कृष्णानगरका नवआगन्तुक प्रहरी निरीक्षक कृष्णा बहादुर कुवरकाे संयाेजकत्वमा स्थानीय भद्राभला, समाजसेवी , संचारकर्मी ,धार्मिक गुरु लगायतकाे उपस्थितिमा परिचयात्मक कार्यक्रम सम्पन्न भएकाे छ।
नजिकदै गरेकाे प्रतिनिधि सभा निर्वाचन २०८२ , चांडपर्व लगायतमा शान्ति सुरक्षासम्बन्धी सुचना आदानप्रदान तथा परिचयसहितकाे सुझाव संकलन गर्न कार्यक्रम राखिएकाे प्रहरी निरीक्षक कृष्णा बहादुर कुवंरले बताउनुभयो ।
कार्यक्रममा वडा २ कि कार्यवाहक अध्यक्ष रेनु शर्मा, सदस्य राहुल माेदनवाल, नेपाल हजकमिटि सदस्य साकिर अहमद शाह , मदरसा बाेर्ड पुर्व उपाध्यक्ष माैलाना महसुद नेपाली , उद्योग वाणिज्य संघ कृष्णनगरका पुर्वअध्यक्ष गुरुशरण सिंह लगायत स्थानीय जनप्रतिनिधि , होटल व्यवसायी, विभिन्न संघ संस्थाका प्रतिनिधि तथा अन्य राजनितिक व्यक्तित्व लगायतले आ-आफ्नाे मन्तव्यसहित सुझाव दिएका थिए ।




COMMENTS