रौतहट १७ माघ ।
रौतहट निर्वाचन क्षेत्र नम्बर ३ मा पछिल्लो समय पार्टी प्रवेश कार्यक्रम तीव्र बन्दै गएको छ। कटहरिया नगरपालिका वडा नम्बर ४ मा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेससहित विभिन्न दल परित्याग गरेका स्थानीय नेता तथा कार्यकर्ताहरू नेकपा (एमाले) मा प्रवेश गरेका छन्।
एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्दन कुशवाहा को हातबाट टीका–माला लगाउँदै तबारख मन्सुरी, अबिजान मन्सुरी, नेसरुल्लाह, चान महमद सुसैल, अन्जुर, कमरुदीन, ताजुदीन, समसोदीन, इश्राफुल, मोबारख मन्सुरी, सहिद मन्सुरी, सनाउल्लाह र चन्देश्वर साह कानु लगायतका व्यक्तिहरू पार्टी प्रवेश गरेको कार्यक्रममा जानकारी दिइयो।
कार्यक्रममा सहभागी युवा नेता चन्दन कुशवाहा का अनुसार कांग्रेस, एमाले, माओवादी केन्द्र लगायत विभिन्न दल परित्याग गरी दर्जनौं नेता, कार्यकर्ता तथा युवाहरू एमालेमा प्रवेश गरेका हुन्। उनका अनुसार “क्षेत्रमा विकास, समृद्धि र सुशासनको एजेन्डाले युवाहरू आकर्षित भएका” छन्।
एमाले पक्षले यसलाई रौतहट–३ मा पार्टीको जनआधार विस्तारको संकेतका रूपमा लिएको छ। उम्मेदवार कुशवाहाले नयाँ प्रवेशीहरूलाई स्वागत गर्दै क्षेत्रको विकासका लागि साझा अभियानमा जोडिन आग्रह गरेका थिए।
स्थानीय तहको राजनीतिक समीकरणमा भइरहेका यस्ता प्रवेश–निर्गमनले चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाउने देखिएको छ।




COMMENTS