पर्सा क्षेत्र नं १ मा नेपाली कांग्रेस लाई जिताउन बैठक को आयोजना गरिएको थियो यहि फागुन २१ गते हुनलागेको प्रतिनिधिसभा निर्वाचन मा नेपाली कांग्रेस पर्सा क्षेत्र नं.१ बाट अनिल कुमार रुंगटा लाई जिताउन सो भेला गरेको हो । मन्तव्य को क्रम नेपाली कांग्रेस पर्सा का सचिव इम्तियाज आलम ले फागुन २१ मा हुन लागेको निर्वाचन मा पर्सा क्षेत्र नं.१ बाट नेपाली कांग्रेस का उमेदवार अनिल कुमार रुंगटा लाई विजय गराउन हामी सम्पुर्ण मुस्लिम समुदाय एक भैइ नेपाली कांग्रेस क्षेत्र नं.१ का उमेदवार विकास पुरुष अनिल कुमार रुंगटा लाई धेरै भन्दा धेरै मत ले विजय गराउनु पर्छ। उहाँ को जित क्षेत्र नं.१ को बासी को जित हुने छ। र क्षेत्र नं. १ को विकास को लागि जे गर्नु पर्ने गर्नु हुन्छ यस्मा म बिश्वास लिएको छु भनु भयो। त्यसै गरि नेपाली कांग्रेस पर्सा का उपाध्यक्ष रामनारायण कुर्मी ले हुन लागेको प्रतिनिधिसभा को निर्वाचन मा मुस्लिम समुदाय को ठुलो भुमिका रहने छ।
अनिल रुंगटा को जीत ले क्षेत्र नं.१ का बासिहरु को लाभ हुने छ भनु भयो। त्यसै गरि नेपाली कांग्रेस पर्सा क्षेत्र नं.१का उमेदवार अनिल कुमार रुंगटा ले यस क्षेत्र मा विकास को लागि मैले जे गर्नु पर्छ म गर्छु यस क्षेत्र का समस्या लाई म आफ्नो समस्या ठानेर संबंधित ठाउँ मा आफ्नो आवाज बुलन्द गरेर बोल्ने छु। बिगत को दिन हरु मा भएको कठिनाई लाई दूर गर्न समय मै समस्या को समाधान गर्ने छु। तपाईं हरु को अधिकार को लागि संसद मा तपाईं हरु को आवाज बनेर बोल्ने छु। परि आएको खण्ड मा तपाईं हरु संग काध मा काध मिलायेर अगाडि बढने प्रतिबद्धता गर्नु भएको थियो।उक्त भेला मा उपस्थित जनसमुदाय हरुले एक स्वर मा अनिल कुमार रुंगटा लाई विजय बनाउन नारा लगाएका थिए भने मुस्लिम समुदाय जुट आफ्नो मतदान नेपाली कांग्रेस दिने स्थानीय को भनाइ रहेको थियो ।उक्त भेलामा नेपाली कांग्रेस पर्सा क्षेत्र नं.१ का उमेदवार अनिल कुमार रुंगटा, नेपाली कांग्रेस पर्सा का उप सभापति रामनारायण कुर्मी,नेपाली कांग्रेस पर्सा का जिल्ला सचीव इम्तियाज आलम, नेपाली कांग्रेस पर्सा क्षेत्र नं.२ का क्षेत्रीय सभापति महमद सहाबोदिन लगायत मुस्लिम समुदाय का अगुवा कर्याकर्ता तथा स्थानीय बासी को बाक्लो उपस्तिथि रहेको थियो भने नेपाल मुस्लिम संघ पर्सा का जिल्ला अध्यक्ष हबिब मिया को अध्यक्षता मा सो कार्यक्रम सम्पन्न भएको थियो।




COMMENTS