$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

वीरगञ्जमा वर्तमान वडाध्यक्ष र पूर्व वडाध्यक्षसहित सयौँ नेता–कार्यकर्ता जसपा परित्याग गर्दै एमाले प्रवेश, पूर्व मन्त्री यादवले गरे स्वागत

  वीरगञ्ज, १७ माघ ।  पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–११ र १३ का जनप्रतिनिधिसहित सयौँको सङ्ख्यामा नेता तथा कार्यकर्ताहरूले जनता समाजवादी ...

 







वीरगञ्ज, १७ माघ ।

 पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–११ र १३ का जनप्रतिनिधिसहित सयौँको सङ्ख्यामा नेता तथा कार्यकर्ताहरूले जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनता समाजवादी पार्ट (जसपा) लगायतका विभिन्न दल परित्याग गर्दै नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

वीरगञ्ज–११ का वडाध्यक्ष अजयकुमार बारै (चौरसीया), वडा सदस्य जगनलाला महतो धानुक, गौदमी देवीसहितका नेता–कार्यकर्ताहरू एमाले प्रवेश गरेका हुन् । यस्तै, वीरगञ्ज–१३ का पूर्व वडाध्यक्ष तूफान फारुक अन्सारी तथा निर्वाचित वडा सदस्य लाल मोहम्मद मन्सुरीले पनि जसपा त्यागेर एमाले रोजेका छन् ।

नवप्रवेशीहरूलाई पूर्व मन्त्री तथा पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादवले फूलमाला लगाएर स्वागत गरेका छन् ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष चौरसीयाले जसपा नेपालले मधेस मुद्दालाई प्रयोग गरी सत्ता केन्द्रित राजनीति मात्र गरेको आरोप लगाए । देशको वर्तमान परिस्थितिमा जनता र मुलुकको हितका लागि दृढतापूर्वक उभिन सक्ने नेतृत्व केपी शर्मा ओली र पार्टी नेकपा (एमाले) भएको दाबी गर्दै आफूहरूले एमाले रोजेको बताए ।

यस्तै, वीरगञ्ज–१३ का निवर्तमान वडाध्यक्ष अन्सारीले देशी तथा विदेशी शक्तिहरूको इसारामा देशलाई अस्थिर बनाउने षड्यन्त्र भइरहेको आरोप लगाउँदै जनताको हित र राष्ट्रिय स्वाभिमानका लागि एमाले प्रवेश गरेको स्पष्ट पारे ।

पार्टी प्रवेश गराउँदै पूर्व मन्त्री यादवले आफ्नो राजनीतिक हत्या गर्ने प्रयासपछि आफू एमालेमा आएको दाबी गरे । जेन–जी आन्दोलनपछि देशमा सक्रिय भएका विदेशी शक्तिहरूको दबाबलाई अन्त्य गर्न तथा राष्ट्रिय स्वाधीनताको पक्षमा उभिन एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वबाट आफू प्रभावित भएको बताए ।

कार्यक्रममा मधेस प्रदेशका पूर्व प्रदेशसभा सदस्य जनत अन्सारी, जिल्ला समन्वय समितिका पूर्व सभापति नेक मोहम्मद अन्सारीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागीहरूले आगामी निर्वाचनमा एमालेको विजय सुनिश्चित गर्न सङ्गठित रूपमा अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।



COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content