$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

प्याब्सन अन्तर विद्यालय क्रिकेट र जुनियर फुटबल प्रतियोगिताका लागि क्याप्टेन्स मिट सम्पन्न

  अभिलाष गुप्ता  बीरगन्ज, ४ माघ  प्याब्सन पर्साको आयोजनामा माघ ८ गतेदेखि सुरु हुने १०औँ संस्करणको प्याब्सन अन्तरविद्यालय टि–२० नकआउट क्रिकेट...

 


अभिलाष गुप्ता 

बीरगन्ज, ४ माघ 


प्याब्सन पर्साको आयोजनामा माघ ८ गतेदेखि सुरु हुने १०औँ संस्करणको प्याब्सन अन्तरविद्यालय टि–२० नकआउट क्रिकेट प्रतियोगिता तथा माघ १० गतेदेखि सञ्चालन हुने जुनियर फुटबल प्रतियोगिताका लागि क्याप्टेन्स मिट आईतबार वीरगञ्जस्थित मुनालाइट स्कूलमा सम्पन्न भएको छ।


सो अवसरमा क्रिकेट टेक्निकल टिमका सदस्य निरज झाले क्रिकेट खेलका विविध नियम, प्राविधिक पक्ष तथा अनुशासनसम्बन्धी विषयमा सहभागीहरूलाई स्पष्ट पारेका थिए। त्यसैगरी फुटबल टेक्निकल प्रमुख लखन चौधरीले फुटबल प्रतियोगितासम्बन्धी नियम तथा खेल सञ्चालन प्रक्रियाबारे जानकारी गराएका थिए।


कार्यक्रममा प्याब्सन मधेश प्रदेश उपाध्यक्ष इमामुद्दिन अहमदले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि खेलकुद प्रतियोगिताको महत्वबारे प्रकाश पार्दै यस्ता प्रतियोगिताले अनुशासन, नेतृत्व र सहकार्यको भावना विकास गर्ने बताए। जिल्ला अध्यक्ष तथा क्रिकेट प्रतियोगिताका संयोजक सरोज प्रसाद चौधरीले प्रतियोगिताको उद्देश्य, तालिका, व्यवस्थापन तथा अपेक्षाबारे कोच र कप्तानहरूलाई विशेष जानकारी गराएका थिए। सोही अवसरमा दुवै प्रतियोगिताको टाइसिटका लागि ड्र कार्यक्रम सम्पन्न गरिएको थियो। 


प्याब्सन पर्साले हरेक वर्ष आयोजना गर्दै आएको अन्तरविद्यालय खेलकुद प्रतियोगिताले विद्यार्थीहरूमा खेल प्रतिभा उजागर गर्नुका साथै विद्यालयस्तरमा खेल संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको प्याब्सन पर्साका जिल्ला सचिव अशोक संग्रौलाले बताउनुभयो । 


प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न भएको क्याप्टेन्स मिट कार्यक्रममा प्याब्सन केन्द्रिय प्राज्ञिक सल्लाहकार डा हरिशंकर साह, केन्द्रिय सदस्य छेदुप लामा, मधेश प्रदेश उपाध्यक्ष इमामुद्दिन अहमद, जिल्ला वरिष्ठ सल्लाहकार श्याम केसी तथा जिल्ला कार्यसमिति सदस्य सुशिल केसीको विशेष उपस्थिति रहेको थियो।


यस्तै, क्रिकेट टेक्निकल प्रमुख सतिश सिंह राजपुत, फुटबल टेक्निकल प्रमुख अर्जुन गुप्ताको पनि उपस्थिति रहेको सो मिटमा क्रिकेटतर्फ ४० सहभागी विद्यालयका टिम कोच र क्याप्टेन तथा फुटबलतर्फ २१ सहभागी विद्यालयका टिम कोच र कप्तानहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।



COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content