$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

बारा–४ बाट विनय यादव उम्मेदवार बन्ने घोषणासहित राष्ट्रिय एकता दलको क्षेत्रीय सम्मेलन सम्पन्न

  अभिलाष गुप्ता ०३ माघ  हिन्दू राष्ट्रको पुनःस्थापना, राष्ट्रिय स्वाभिमान र सुदृढ राष्ट्रिय एकताको मूल एजेन्डासहित राष्ट्रिय एकता दल बारा–४ ...

 


अभिलाष गुप्ता ०३ माघ 

हिन्दू राष्ट्रको पुनःस्थापना, राष्ट्रिय स्वाभिमान र सुदृढ राष्ट्रिय एकताको मूल एजेन्डासहित राष्ट्रिय एकता दल बारा–४ को क्षेत्रीय सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ। सम्मेलन दलका बारा जिल्ला अध्यक्ष अकलेश कुशवाहाको अध्यक्षतामा सम्पन्न भएको हो।


सम्मेलनका प्रमुख अतिथि तथा बारा–४ बाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार राष्ट्रिय एकता दलका केन्द्रीय अध्यक्ष विनय यादवले देश आज निर्णायक मोडमा पुगेको बताउँदै हिन्दू राष्ट्रको एजेन्डा केवल धार्मिक नभई राष्ट्रिय अस्तित्वसँग जोडिएको विषय भएको स्पष्ट पार्नुभयो। उहाँले बारा–४ लाई राष्ट्रवादी राजनीतिको केन्द्र बनाउने प्रतिबद्धता व्यक्त गर्दै जनताको विश्वास नै आफ्नो मुख्य शक्ति भएको बताउनुभयो।

कार्यक्रममा केन्द्रीय सदस्य एवं दलित विभाग प्रमुख जितेन्द्र दासले विनय यादवलाई संघर्षशील, सिद्धान्तनिष्ठ र सबै वर्ग–समुदायलाई समेट्न सक्ने नेता भएको उल्लेख गर्दै बारा–४ बाट उहाँको उम्मेदवारीले दलित, उत्पीडित र उपेक्षित समुदायलाई नयाँ आशा दिएको बताउनुभयो।


प्रदेश सचिव दिलीप गुप्ताले बारा–४ बाट केन्द्रीय अध्यक्ष स्वयं उम्मेदवार बन्नु ऐतिहासिक निर्णय भएको बताउँदै यसले राष्ट्रिय एकता दलको राजनीतिक गम्भीरता र क्षेत्रप्रति प्रतिबद्धता प्रस्ट भएको धारणा राख्नुभयो।


राष्ट्रिय समता पार्टीका महासचिव डा. अभिषेक तिवारीले विनय यादवको उम्मेदवारीलाई राष्ट्रवादी र वैचारिक राजनीतिका लागि सकारात्मक संकेत भन्दै हिन्दू राष्ट्र र राष्ट्रिय एकताको सवालमा उहाँसँग सहकार्य गर्दै अगाडि बढ्न तयार रहेको मन्तव्य व्यक्त गर्नुभयो।


त्यसैगरी हिन्दू परिषदका बिकी श्रॉफ, बाबा मदन मोहन दास, बजरंगी बाबा र महन्त शिवनाथ दासले बारा–४ बाट विनय यादव उम्मेदवार बन्नु केवल एक व्यक्ति चयन नभई हिन्दू सभ्यता र राष्ट्रिय अस्मिताको प्रतिनिधित्व भएको भन्दै पूर्ण समर्थन जनाएका थिए।


हिन्दू अभियन्ता ब्रिज किशोर ठाकुरले विनय यादवजस्ता स्पष्ट विचार र साहसिक नेतृत्व भएको व्यक्तित्व संसद्मा पुग्न आवश्यक रहेको बताउनुभयो। नेपाल पत्रकार महासंघका अनिल गौरवले विनय यादवको उम्मेदवारीले राष्ट्रिय बहसलाई नयाँ दिशा दिने विश्वास व्यक्त गर्नुभयो।

हिन्दू स्वयंसेवक संघका ओमबाबु यादव, दलका अवधेश मण्डल, संदीप राजभर,रंजन सिंह, बिकाऊ भंडारी थारू,लगायत वक्ताहरूले बारा–४ मा विनय यादवप्रति जनसमर्थन तीव्र रूपमा बढ्दै गएको र उहाँको उम्मेदवारीलाई ऐतिहासिक विजयमा परिणत गर्ने प्रतिबद्धता व्यक्त गरे।

सम्मेलनले आगामी प्रतिनिधिसभा निर्वाचनमा बारा–४ बाट केन्द्रीय अध्यक्ष विनय यादवलाई उम्मेदवार बनाउने औपचारिक समर्थन प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।


कार्यक्रमको सञ्चालन दलका जिल्ला सदस्य सत्येन्द्र साहले गर्नुभएको थियो। सम्मेलनमा हजारौँको संख्यामा क्षेत्रका जनताको उत्साहजनक सहभागिता रहेको थियो, जसले बारा–४ मा राष्ट्रिय एकता दलको संगठनात्मक शक्ति र जनआधार मजबुत हुँदै गएको संकेत गरेको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content