$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

सामाजिक शान्ति, सद्भाव र शिक्षा क्षेत्र संरक्षणका लागि नेशनल प्याब्सन पर्साको अपिल

बिरगंज २२ पौष  । वीरगञ्जमा पछिल्लो समय दुई समुदायबीच उत्पन्न तनावका कारण नगरको शान्ति, सद्भाव र सामाजिक सहअस्तित्वमा गम्भीर असर परेको भन्दै ...


बिरगंज २२ पौष  । वीरगञ्जमा पछिल्लो समय दुई समुदायबीच उत्पन्न तनावका कारण नगरको शान्ति, सद्भाव र सामाजिक सहअस्तित्वमा गम्भीर असर परेको भन्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (National PABSON) नगर कार्य समिति पर्साले गम्भीर ध्यानाकर्षण गराएको छ। तनावपूर्ण अवस्थाका कारण प्रशासनद्वारा कर्फ्यू लागू भई विद्यालयहरू बन्द हुनुपर्दा विद्यार्थीहरूको पठन–पाठन पूर्ण रूपमा अवरुद्ध भएको जनाइएको छ।


संस्थाले यसअघि पनि बारम्बारका बिदा, राजनीतिक आन्दोलन, विरोध कार्यक्रम तथा अवाञ्छित गतिविधिका कारण विद्यालय सञ्चालन प्रभावित हुँदै आएको स्मरण गराउँदै निरन्तर पढाइ अवरुद्ध हुँदा बालबालिकाको शैक्षिक स्तर, मानसिक अवस्था र भविष्यमा प्रत्यक्ष नकारात्मक प्रभाव पर्ने चेतावनी दिएको छ।


वीरगञ्ज महानगर समितिले कुनै पनि आन्दोलन, विरोध वा कार्यक्रम अघि बढाउँदा बालबालिकाको भविष्य र शिक्षा क्षेत्रमा पर्ने असरबारे गहिरो विचार गर्न सम्पूर्ण सरोकारवालालाई हार्दिक अपिल गरेको छ। बालबालिका कुनै पनि द्वन्द्वका जिम्मेवार नभई समाज र राष्ट्रका आधारस्तम्भ भएको संस्थाको भनाइ छ।


साथै, नगरप्रमुख, पर्साका प्रमुख जिल्ला अधिकारी तथा सम्पूर्ण राजनीतिक दल र नेतृत्व तहसँग शिक्षा क्षेत्र थप प्रभावित नहोस् भन्ने विषयमा विशेष संवेदनशीलता अपनाउन अनुरोध गरिएको छ। बारम्बार विद्यालय बन्द हुने अवस्था कायम रहेमा अभिभावकहरू वीरगञ्जका विद्यालयप्रति अनिच्छुक बन्न सक्ने र यसले शहरको शैक्षिक छवि तथा भविष्यमा गम्भीर क्षति पुग्ने संस्थाले जनाएको छ।


अतः सम्पूर्ण नगरवासी, समुदाय, राजनीतिक दल, सामाजिक संघ–संस्था तथा सरोकारवाला निकायहरूलाई आपसी सहिष्णुता, संयमता र समझदारी कायम गर्दै सामाजिक शान्ति तथा सद्भावको वातावरण निर्माण गर्न National PABSON वीरगञ्ज महानगर समितिका अध्यक्ष जियालाल गुप्ताले अपिल गरेका छन। शान्तिपूर्ण वातावरण स्थापना भई यथाशीघ्र विद्यालयहरू नियमित रूपमा सञ्चालन हुने अवस्था बनाउनु सबैको साझा जिम्मेवारी भएको उल्लेख गरिएको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content