शैलेश गुप्ता 2 माघ पोखरिया फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पोखरिया नगरपालिकामा आज निर्वाचन अधिकृतको कार्यालय स्...
शैलेश गुप्ता 2 माघ पोखरिया
फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पोखरिया नगरपालिकामा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र पोखरियाको कार्यालयमा एक कार्यक्रमको बिच निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन निर्वाचन कार्यालय पर्साको मुख्य निर्वाचन अधिकृत गायत्री प्रसाद रेग्मीले गरेका थिए।
ती कार्यालयहरूबाट उम्मेदवार दर्ता, निर्वाचन सम्बन्धी सम्पूर्ण काम हुने छ ।
पर्सा निर्वाचन क्षेत्र नं. ३ को नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र पोखरिया,र निर्वाचन क्षेत्र नं. ४ को धोबनी गा पा 4 लंगडीमा निर्वाचनको कार्यालय स्थापना भएको छ।निर्वाचन आयोगको कार्यतालिकाअनुसार अब उम्मेदवार दर्ता, नामावली प्रकाशन, दाबी–विरोध तथा आचारसंहिता कार्यान्वयनका प्रक्रिया सुरु गरिने बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोला दहाल, प्रमुख सेनानी लोकेन्द्र कार्की, राष्ट्रिय अनुसन्धान कार्यालय पर्सा प्रमुख शन्तोष ढुङ्गेल .मधुसुदन आचार्य, बुद्धिलाल श्रेष्ठ शसस्त्र प्रहरी नायब उपरीक्षक शम्भु कटुवाल, प्रहरी निरीक्षक प्रदिप पौडेल लगायतको उपस्थिति रहेको थियो।





COMMENTS