$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

प्याब्सन क्रिकेट र जुनियर फुटबल प्रतियोगिता रोमाञ्चक बन्दै, क्रिकेटमा मनकामना, ओम नेशनल र एमईएस विजयी, फुटबलमा चार टोली सेमिफाइनलमा

अभिलाष गुप्ता १४ माघ बिरगंज  प्याब्सन पर्साको आयोजनामा सञ्चालन भइरहेको प्याब्सन नेपाल मेडिसिटी अन्तर विद्यालय टि–२० नकआउट क्रिकेट प्रतियोगित...

अभिलाष गुप्ता १४ माघ बिरगंज 

प्याब्सन पर्साको आयोजनामा सञ्चालन भइरहेको प्याब्सन नेपाल मेडिसिटी अन्तर विद्यालय टि–२० नकआउट क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गत छैठौं दिन तीनवटा खेल सम्पन्न भएका छन्। सबै खेल १५–१५ ओभरमा आधारित थिए।छैठौं दिनको पहिलो खेलमा मनकामना माध्यमिक विद्यालयले बीरगन्ज पब्लिक स्कूललाई ९८ रनले पराजित गर्‍यो। टस जितेर ब्याटिङ गरेको मनकामनाले ७ विकेटको क्षतिमा १४६ रन बनायो। जवाफमा बीरगन्ज पब्लिक स्कूल ७ विकेट गुमाउँदै ४८ रनमै समेटियो। मनकामनाका अबुबक्कर समानी म्यान अफ द म्याच घोषित भए।


दोस्रो खेलमा ओम नेशनल स्कुलले जीवन ज्योति माध्यमिक विद्यालयलाई १५ रनले हरायो। ओम नेशनलले सबै विकेट गुमाउँदै १०० रन बनायो भने १०१ रनको लक्ष्य पछ्याएको जीवन ज्योति ८५ रनमै सीमित भयो। ओम नेशनलका अरविन्द कुमार साह म्यान अफ द म्याच बने।छैठौं दिनको अन्तिम खेलमा एमईएसले फुर्कान एकेडेमीलाई ५० रनले पराजित गर्‍यो। एमईएसले ६ विकेट गुमाउँदै १०५ रन बनायो भने फुर्कान एकेडेमी ९ विकेटको क्षतिमा ५५ रनमै रोकियो। एमईएसका एजाज खान म्यान अफ द म्याच घोषित भए। आयोजकका अनुसार प्रतियोगितामा प्रतिस्पर्धा दिनप्रतिदिन रोमाञ्चक बन्दै गएको छ।


यसैबीच, प्याब्सनको आयोजनामा सञ्चालन भइरहेको प्याब्सन जुनियर फुटबल प्रतियोगिता अन्तर्गत पाँचौं दिन चारवटा खेल सम्पन्न भएका छन्। खेलपछि एसआर ग्यालेक्सी, मुनलाईट विद्यालय, बिकन माध्यमिक विद्यालय र ठोरी एकेडेमी सेमिफाइनलमा प्रवेश गरेका छन्।पहिलो खेलमा एसआर ग्यालेक्सीले गुरुकुल विद्यालयलाई ३–० गोलले पराजित गर्‍यो। आलोक गिरी म्यान अफ द म्याच बने।


दोस्रो खेलमा मुनलाईट विद्यालयले सफल एकेडेमीलाई २–० गोलले हरायो। प्रणव पंडित उत्कृष्ट खेलाडी घोषित भए।तेस्रो खेलमा ठोरी एकेडेमीले नवदीप एकेडेमीलाई ४–० गोलको फराकिलो अन्तरले पराजित गर्‍यो। सागर पन्त म्यान अफ द म्याच बने।पाँचौं दिनको अन्तिम खेलमा बिकन माध्यमिक विद्यालयले साउथ जोन विद्यालयलाई २–० गोलले हराउँदै सेमिफाइनल यात्रा तय गर्‍यो। अंश चौधरी म्यान अफ द म्याच घोषित भए।आयोजकका अनुसार आगामी खेलहरूमा थप रोमाञ्चक प्रतिस्पर्धा र उत्कृष्ट प्रदर्शनको अपेक्षा गरिएको छ। 

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content