$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

नवदिप एकेडेमी स्कुलको १३औँ वार्षिक उत्सव भव्य रूपमा सम्पन्न सांस्कृतिक गतिविधिले विद्यालयको बहुआयामिक विकास झल्कायो

  अभिलाष गुप्ता  ०३ माघ वीरगञ्ज  वीरगञ्ज महानगरपालिका–१५ मा अवस्थित नवदिप एकेडेमी स्कुल को १३औँ वार्षिक उत्सवको अवसरमा आज विविध सांस्कृतिक क...

 


अभिलाष गुप्ता  ०३ माघ वीरगञ्ज 

वीरगञ्ज महानगरपालिका–१५ मा अवस्थित नवदिप एकेडेमी स्कुल को १३औँ वार्षिक उत्सवको अवसरमा आज विविध सांस्कृतिक कार्यक्रमहरू भव्य रूपमा सम्पन्न भएका छन्। विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रम नवदिप एकेडेमी स्कुलकी सञ्चालिका तथा प्रिन्सिपल सुशीला शाह को सभापतित्व तथा प्याप्सन जिल्ला कार्यसमिति पर्सा का अध्यक्ष सरोजप्रसाद चौधरी को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।


कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि चौधरीले वार्षिक उत्सवका अवसरमा आज र भोलि आयोजना गरिएका सांस्कृतिक तथा खेलकुद गतिविधिले नवदिप एकेडेमीलाई नमुना विद्यालयका रूपमा प्रस्तुत गरेको बताउनुभयो। उहाँले विद्यालयले शैक्षिक उपलब्धिसँगै खेलकुद, सांस्कृतिक तथा अतिरिक्त क्रियाकलापमा समेत उल्लेखनीय प्रगति गर्दै आएको उल्लेख गर्नुभयो।


उहाँका अनुसार वर्षभरि सञ्चालन गरिने विभिन्न शैक्षिक तथा सह–पाठ्यक्रम गतिविधिहरूको प्रतिफल वार्षिक उत्सवमार्फत अभिभावकहरूले प्रत्यक्ष अवलोकन गर्न पाउने भएकाले आफ्ना बालबालिका कस्तो वातावरणमा अध्ययन गरिरहेका छन् भन्ने बुझ्न सहज हुने गर्दछ।


उत्सव समारोहमा प्याप्सनका केन्द्रीय सदस्य छेदुप लामा ले अभिभावकहरूलाई बालबालिकाको अत्यधिक मोबाइल प्रयोगप्रति सचेत रहन आग्रह गर्नुभयो। उहाँले मोबाइलको बढी प्रयोगले विद्यार्थीको अध्ययन तथा मानसिक विकासमा नकारात्मक प्रभाव पार्ने भन्दै सन्तुलित प्रयोगमा ध्यान दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।


त्यसैगरी कार्यक्रममा प्याप्सन जिल्ला सदस्य मञ्जु रानाभाट, लायन्स क्लबका बासु तिमल्सिना, श्याम गुप्ता तथा जन भण्डाफोर दैनिकका कार्यकारी सम्पादक जगत राई लगायतले विद्यालयको शैक्षिक वातावरण, अनुशासन र विद्यार्थीको सर्वाङ्गीण विकासबारे आ–आफ्ना विचार राख्नुभएको थियो।


उत्सवका अवसरमा विद्यार्थीहरूले आकर्षक नृत्य, गीत तथा विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्दै दर्शक तथा अभिभावकहरूको मन जितेका थिए। कार्यक्रमको सहजीकरण नयाँ अग्रवाल र सौरुपा पौडेल ले संयुक्त रूपमा गर्नुभएको थियो।


समग्रमा, १३औँ वार्षिक उत्सवले नवदिप एकेडेमी स्कुलको शैक्षिक गुणस्तर, अनुशासन र बहुआयामिक विकासलाई स्पष्ट रूपमा उजागर गरेको सहभागी अभिभावक तथा अतिथिहरूको प्रतिक्रिया रहेको थियो

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content