$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

नारायणी अस्पतालमा १३५ नवजात शिशु र आमालाई कपडा वितरण

अभिलाष गुप्ता  १४  माघ वीरगञ्ज  जेनजी युवा राहुल गुप्ताको नेतृत्वमा नारायणी अस्पतालमा नवजात शिशु र सुत्केरी आमालाई आवश्यक कपडा वितरण कार्यक्...

अभिलाष गुप्ता  १४  माघ वीरगञ्ज 

जेनजी युवा राहुल गुप्ताको नेतृत्वमा नारायणी अस्पतालमा नवजात शिशु र सुत्केरी आमालाई आवश्यक कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ। स्वास्थ्य र सुविधामा सहयोग पुर्‍याउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा १ सय ३५ जना नवजात शिशु र उनीहरूका आमालाई कपडा प्रदान गरिएको हो।


कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष तथा पर्सा क्षेत्र नम्बर–२ का जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार अशोक कुमार टेमानी रहनु भएको थियो। कार्यक्रममा सामाजिक अभियन्ता, युवाहरू तथा अस्पतालका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि टेमानीले यस्ता मानवीय र सामाजिक कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो। उहाँले भन्नुभयो नवजात शिशु र आमाको स्वास्थ्य सुरक्षामा सानो सहयोगले पनि ठूलो प्रभाव पार्छ। यस्ता कार्यक्रमले आमाहरूको मनोबल बढाउने मात्र होइन, समाजमा आपसी सहयोग, सद्भाव र मानवताको भावना मजबुत बनाउँछ। युवाहरूले अघि बढेर यस्ता कार्य गर्नु अत्यन्त सराहनीय छ।


उहाँले सामाजिक उत्तरदायित्व केवल संस्थागत दायित्व मात्र नभई हरेक सचेत नागरिकको कर्तव्य भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता पहललाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।

कार्यक्रमका संयोजक राहुल गुप्ताले समुदायको आवश्यकता बुझेर कार्यक्रम आयोजना गरिएको बताउँदै, आगामी दिनमा स्वास्थ्य, शिक्षा र सामाजिक सेवाका क्षेत्रमा थप कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा सहभागीहरूले यस पहलले नवजात शिशु र आमाको स्वास्थ्य सुरक्षामा सहयोग पुर्‍याउनुका साथै सामाजिक सद्भाव र मानवताको महत्व झल्काएको प्रतिक्रिया दिएका छन्।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content