$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

नेपाल ईनोभेटिभ सोसाइटी पर्साद्वारा मानवसेवा आश्रम बिरगंजमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

  अभिलाष गुप्ता   १६ माघ  बिरगंज नेपाल ईनोभेटिभ सोसाइटी पर्साको आयोजनामा मानवसेवा आश्रम बिरगंजमा निशुल्क स्वास्थ्य शिविर कार्यक्रम भव्य रूपम...

 

अभिलाष गुप्ता   १६ माघ  बिरगंज

नेपाल ईनोभेटिभ सोसाइटी पर्साको आयोजनामा मानवसेवा आश्रम बिरगंजमा निशुल्क स्वास्थ्य शिविर कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। आश्रममा आश्रित आमा–बुबाहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै आयोजित उक्त शिविरमा समग्र स्वास्थ्य परीक्षण तथा आवश्यक परामर्श प्रदान गरिएको थियो।


कार्यक्रम नेपाल ईनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाईको अध्यक्षतामा सम्पन्न भएको हो भने कार्यक्रम सञ्चालन संस्थाका सचिव ऋषि राज सत्यालले गर्नुभएको थियो। शिविरका संयोजक आयसा हुमागाईको विशेष उपस्थिति रहेको कार्यक्रममा मानवसेवा आश्रम बिरगंजका संस्थापक अभियान्ता देवेश गुप्ताले पनि सहभागिता जनाउनुभएको थियो।


स्वास्थ्य परीक्षणका क्रममा नारायणी अस्पतालका वरिष्ठ स्वास्थ्यकर्मी हेमा थापा तथा चिकित्सकहरू डा. निरज कुमार सिंह, डा. मनोज उपाध्याय र डा. प्रीती यादवले सेवा प्रदान गर्नुभएको थियो। चिकित्सक टोलीले सहभागीहरूको विस्तृत स्वास्थ्य जाँच गरी आवश्यक परामर्श दिएका थिए।

शिविरमा विभिन्न रोगसम्बन्धी औषधिहरू समेत निशुल्क वितरण गरिएको थियो। मानसिक स्वास्थ्यसम्बन्धी औषधि, भिटामिन, स्यानिटरी प्याड, ग्लोब लगायतका आवश्यक सामग्रीहरू प्रदान गरिएको आयोजकले जनाएको छ।


स्वास्थ्य जाँचका क्रममा केही सहभागीमा आङ खस्ने समस्या, स्तनमा गाँठो देखिने समस्या, योनिमा घाउ, पिसाब चुहिने समस्या तथा पाठेघरसम्बन्धी समस्या देखिएको चिकित्सक टोलीले जानकारी दिएको छ। ती समस्याहरूका लागि आवश्यक परामर्श तथा उपचार प्रक्रिया सम्बन्धी सुझाव प्रदान गरिएको थियो।


कार्यक्रममा बोल्दै नेपाल ईनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाईले समाजका पछाडि परेका, असहाय तथा आश्रममा आश्रित नागरिकहरूको स्वास्थ्यप्रति संस्थाको गहिरो चासो रहेको बताउनुभयो। उहाँले भन्नुभयो मानवसेवा आश्रममा आश्रित आमा–बुबाहरू हाम्रो समाजका अमूल्य अभिभावक हुनुहुन्छ। उहाँहरूको स्वास्थ्य सुरक्षामा सानो भए पनि योगदान गर्न पाउनु हाम्रो संस्थाका लागि गौरवको विषय हो। आगामी दिनमा पनि यस्ता सामाजिक र स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिनेछौं।


कार्यक्रमको अन्त्यमा आयोजक संस्थाले मानवसेवा आश्रमका आश्रितहरूको स्वास्थ्यप्रति सहयोग पुर्‍याउन पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा समेत समाजसेवामूलक गतिविधिहरूलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content