$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

वीरगन्जमा दशौं प्याब्सन अन्तर विद्यालय क्रिकेट प्रतियोगिता शुरु

अभिलाष गुप्ता  ०८ माघ  बिरगंज   वीरगन्जमा आजदेखि दशौं संस्करणको प्याब्सन अन्तर विद्यालय क्रिकेट प्रतियोगिता औपचारिक रूपमा शुरु भएको छ। वीरगन...


अभिलाष गुप्ता  ०८ माघ  बिरगंज 

वीरगन्जमा आजदेखि दशौं संस्करणको प्याब्सन अन्तर विद्यालय क्रिकेट प्रतियोगिता औपचारिक रूपमा शुरु भएको छ। वीरगन्जस्थित टीबी शाह क्रिकेट मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन गैर आवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष डा. उपेन्द्र महतोले गरेका हुन्।


उद्घाटन समारोहलाई सम्बोधन गर्दै डा. महतोले नेपालको बौद्धिकता पलायन रोक्न नेपालमै निजी क्षेत्रको लगानी आवश्यक रहेको बताए। निजी लगानी बिना कुनै पनि देश अघि बढ्न नसक्ने उल्लेख गर्दै उनले उच्च मनोबलका साथ लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरे। “जब नेपालीहरूले देशमै रोजगारी पाउँछन्, शिक्षित र सक्षम बन्छन्, तब मात्र नेपालको शान विश्वमा उचो हुन्छ,” उनले भने।


प्याब्सन पर्साले बिहीबारदेखि आयोजना गरेको उक्त प्रतियोगिताको उद्घाटन गर्दै उनले समृद्ध देश बनाउन निजी क्षेत्रको भूमिका अपरिहार्य रहेको बताए। नेपाल स्वच्छ, शिक्षित र स्वस्थ राष्ट्र बन्न पर्याप्त जनशक्ति स्रोत रहेको उल्लेख गर्दै त्यसको सही परिचालनमा जोड दिए। नेपालको शिक्षा प्रणाली राम्रो रहेको र नेपालीहरू इमान्दार तथा मेहनती भएको अनुभव सुनाउँदै आफू साधारण गाउँको विद्यालयबाट अध्ययन गरी विश्वका कुनै पनि विश्वविद्यालयमा कमजोर नभएको उदाहरण प्रस्तुत गरे।


डा. महतोले विद्यार्थीहरूलाई अध्ययनलाई प्राथमिकता दिँदै खेलकुद तथा अतिरिक्त क्रियाकलापबाट आत्मबल र आत्मसम्मान वृद्धि हुने भएकाले त्यसलाई निरन्तरता दिन आग्रह गरे। उद्घाटन समारोहमा विद्यार्थीहरूले प्रदर्शन गरेको ‘स्टप ब्रेन ड्रेन’ लेखिएको प्लेकार्डको प्रशंसा गर्दै उनले कठिन परिस्थितिमा पनि निजी लगानीबाट शिक्षाको स्तर उकास्न प्याब्सनले खेलेको भूमिकाको विशेष सराहना गरे।


प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, प्याब्सनका केन्द्रीय उपाध्यक्ष सुवाष श्रेष्ठ, क्यानका सचिव रोशन सिंहलगायतले शुभकामना व्यक्त गरे। कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा, परिषदका विज्ञ सल्लाहकार डा. हरिशंकर साह, मणी पाख्र्रिन, लालबहादुर पटेल, मधेस प्रदेश उपाध्यक्ष पुरन प्रधान, महानगर अध्यक्ष राहुल श्रीवास्तव, सचिव अमित आलोकलगायतको उपस्थिति रहेको थियो।


क्रिकेट प्रतियोगितामा पर्सा प्याब्सनमा आवद्ध ४० वटा विद्यालयका खेलाडीहरूको सहभागिता रहेको प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले जानकारी दिए। साथै, प्याब्सनले माघ १० गतेदेखि प्याब्सन जुनियर फुटबल प्रतियोगिताको पनि आयोजना गर्ने जनाएको छ।


आजको उद्घाटन खेल गुरुकुल एकेडेमी र सेन्ट जेभियर्स स्कुलबीच भइरहेको छ। टस जितेर ब्याटिङ गरेको गुरुकुल एकेडेमी १० ओभर ३ बल खेल्दा २८ रनमै अलआउट भएको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content