$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

मितेरीपुलमा नवनिर्मित सीमा सुरक्षा पोष्टको समुद्घाटन, सुरक्षा र सौन्दर्यकरणमा नयाँ आयाम

  अभिलाष गुप्ता १४ माघ वीरगञ्ज,  वीरगञ्ज महानगरपालिका–स्थित मितेरीपुल क्षेत्रमा नवनिर्माण गरिएको सीमा सुरक्षा पोष्टको समुद्घाटन कार्यक्रम भव...

 

अभिलाष गुप्ता १४ माघ वीरगञ्ज, 

वीरगञ्ज महानगरपालिका–स्थित मितेरीपुल क्षेत्रमा नवनिर्माण गरिएको सीमा सुरक्षा पोष्टको समुद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। वीरगञ्ज महानगरपालिकाको सहयोग, ग्रिन सिटी सामुदायिक सेवा केन्द्र तथा सशस्त्र प्रहरी बल नेपाल नं.–१३ गण, हे.क्वा. को सहकार्यमा सञ्चालन भइरहेको “मितेरी पुल सीमा सौन्दर्यकरण कार्यक्रम” अन्तर्गत निर्माण सम्पन्न भएको उक्त सुरक्षा पोष्टको समुद्घाटन वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख मेयर राजेशमान सिंहको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।


समुद्घाटन कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं.–१३ गणका प्रमुख एसपी पुरण चन्द भट्ट विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। त्यस्तै, विशेष अतिथिहरूमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भोला प्रसाद दहाल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी सुदिप राज पाठक, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटवाल, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख प्रहरी निरीक्षक विक्रम सुबेदी लगायतको उपस्थिति रहेको थियो। साथै सञ्चारकर्मी अभिलाष गुप्ता, सुसमिता यादव तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


कार्यक्रमका प्रमुख तथा विशिष्ट अतिथिहरूले संयुक्त रूपमा बेलुन उडाएर सीमा सुरक्षा पोष्टको औपचारिक समुद्घाटन गरेका थिए।समुद्घाटन समारोहमा बोल्दै नगर प्रमुख मेयर राजेशमान सिंहले मितेरीपुलजस्तो अन्तर्राष्ट्रिय सीमाक्षेत्रमा आधुनिक सीमा सुरक्षा पोष्टको निर्माणले सीमा सुरक्षा सुदृढ हुनुका साथै अव्यवस्थित गतिविधि नियन्त्रण, आवागमन व्यवस्थापन र नगरको सौन्दर्य अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले स्थानीय सरकार, सुरक्षा निकाय र समुदायबीचको सहकार्यले दिगो विकास र सुरक्षित सीमाक्षेत्र निर्माण सम्भव हुने उल्लेख गरे।


विशिष्ट अतिथि एसपी पुरण चन्द भट्टले सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षामा सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै स्थानीय तहसँगको सहकार्यले सुरक्षा व्यवस्था अझ प्रभावकारी हुने बताए। उनले मितेरीपुलजस्तो संवेदनशील सीमाक्षेत्रमा निर्माण भएको यो पोष्टले शान्ति, सुरक्षा र विश्वासको वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरे।


कार्यक्रमको अध्यक्षता वीरगञ्ज महानगरपालिकाका हरियाली संयोजक तथा ग्रीनसिटी सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष प्रकाश खेतानले गरेका थिए। अध्यक्ष खेतानले मितेरीपुल क्षेत्रलाई सुरक्षित, व्यवस्थित र आकर्षक बनाउने लक्ष्यसहित सीमा सौन्दर्यकरण कार्यक्रम अघि बढाइएको जानकारी गराउँदै नवनिर्मित सीमा सुरक्षा पोष्ट सोही कार्यक्रमअन्तर्गतको एक महत्वपूर्ण उपलब्धि भएको बताए।


समग्रमा, मितेरी पुल सीमा सौन्दर्यकरण कार्यक्रमअन्तर्गत सम्पन्न भएको यस सीमा सुरक्षा पोष्टको समुद्घाटनले वीरगञ्जको अन्तर्राष्ट्रिय सीमाक्षेत्रमा सुरक्षा, व्यवस्थापन र सौन्दर्यलाई एकसाथ मजबुत बनाउने अपेक्षा गरिएको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content