$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

श्री माईस्थान विद्यापीठ माध्यमिक विद्यालयमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

  अभिलाष गुप्ता २९ पौष बिरगंज  जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटवालको प्रमुख आतिथ्यमा श्री माईस्थान वि...

 

अभिलाष गुप्ता २९ पौष बिरगंज 

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटवालको प्रमुख आतिथ्यमा श्री माईस्थान विद्यापीठ माध्यमिक विद्यालयमा आयोजित ट्राफिक सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।कार्यक्रममा कक्षा १० मा अध्ययनरत ८० भन्दा बढी विद्यार्थीहरूको उल्लेखनीय तथा सक्रिय सहभागिता रहेको थियो। सचेतना कार्यक्रममार्फत विद्यार्थीहरूलाई दैनिक जीवनमा ट्राफिक प्रणालीको आवश्यकता, ट्राफिक नियमहरूको पालना किन अनिवार्य छ, सुरक्षित यातायात व्यवहार, पैदल यात्री, साइकल चालक तथा सवारी चालकले अपनाउनुपर्ने सावधानीहरूबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।


कार्यक्रमका प्रमुख अतिथि एवं प्रशिक्षक जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटवालले ट्राफिक नियम पालनाले मात्र दुर्घटना न्यूनीकरण सम्भव हुने बताउँदै विद्यार्थीहरूलाई सानै उमेरदेखि जिम्मेवार नागरिक बन्न आग्रह गर्नुभयो। उहाँले ट्राफिक नियम पालना केवल कानुनी बाध्यता मात्र नभई सामाजिक जिम्मेवारी पनि भएको उल्लेख गर्नुभयो।


कार्यक्रमको अध्यक्षता एलाइड यूथ सोसाइटीका अध्यक्ष सोनु गुप्ताले गर्नुभएको थियो। उहाँले युवाहरूलाई ट्राफिक सचेत बनाउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको बताउँदै आगामी दिनमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।


यसैगरी, कार्यक्रममा एलाइड यूथ सोसाइटीका संस्थापक अध्यक्ष ओम झाको विशेष उपस्थिति रहेको थियो। उहाँले समुदाय र प्रहरीबीचको सहकार्यबाट मात्र सुरक्षित समाज निर्माण सम्भव हुने धारणा राख्नुभयो। संस्थाका समर्पित सदस्यहरूको सक्रिय सहयोगका कारण कार्यक्रम भव्य, अनुशासित तथा सफल रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content