$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

श्री शंकरलाल केडिया स्मृति अन्तर–विद्यालय फुटबल प्रतियोगिता २०८२: मुनलाइट र लिटिल फ्लावर फाइनलमा प्रवेश

अभिलाष गुप्ता ०८ माघ वीरगन्ज   डी.ए.भी. आर.बी. केडिया विद्यालयको आयोजनामा सञ्चालन भइरहेको श्री शंकरलाल केडिया स्मृति अन्तर–विद्यालय फुटबल प्...

अभिलाष गुप्ता ०८ माघ वीरगन्ज  

डी.ए.भी. आर.बी. केडिया विद्यालयको आयोजनामा सञ्चालन भइरहेको श्री शंकरलाल केडिया स्मृति अन्तर–विद्यालय फुटबल प्रतियोगिता २०८२ अन्तर्गत आज सेमिफाइनल चरणका खेलहरू सम्पन्न भएका छन्। प्रतिस्पर्धात्मक र उत्साहपूर्ण खेलहरूबीच दुई विद्यालय फाइनलमा स्थान सुरक्षित गर्न सफल भएका छन्।


आज (बुधबार) सम्पन्न पहिलो सेमिफाइनल खेलमा मुनलाइट सेकेन्डरी स्कूलले उत्कृष्ट प्रदर्शन गर्दै साउथजोन सेकेन्डरी स्कूललाई ३–० गोलको फराकिलो अन्तरले पराजित गरेको छ। खेलको सुरुवातदेखि नै आक्रामक रणनीति अपनाएको मुनलाइटले विपक्षी टोलीलाई दबाबमा राख्दै खेल आफ्नो पक्षमा पारेको हो। उक्त खेलमा मुनलाइट सेकेन्डरी स्कूलका लव गोसाईले प्रभावशाली खेल प्रदर्शन गरेपछि उनी म्यान अफ द म्याच घोषित भए।


त्यसैगरी, दोस्रो सेमिफाइनल खेलमा लिटिल फ्लावर स्कूलले मानकामना स्कूलमाथि ३–१ गोलको जित निकाल्दै फाइनल यात्रा तय गरेको छ। खेलभरि सन्तुलित र संयमित खेल प्रस्तुत गरेको लिटिल फ्लावरले निर्णायक क्षणहरूमा गोल गर्दै जित सुनिश्चित गरेको हो। उक्त खेलमा लिटिल फ्लावर स्कूलका सागर साह उत्कृष्ट खेल प्रदर्शनका कारण म्यान अफ द म्याच घोषित भए।


प्रतियोगिताको फाइनल खेल अब मुनलाइट सेकेन्डरी स्कूल र लिटिल फ्लावर स्कूलबीच आगामी शनिबार दिउँसो १ बजे सञ्चालन हुने विद्यालयका प्रधानाध्यापक राकेश मिश्राले जानकारी दिएका छन्। फाइनल खेललाई लिएर विद्यार्थी, अभिभावक तथा खेलप्रेमीहरूबीच विशेष उत्साह देखिएको छ।


विद्यालयस्तरमा फुटबल खेलको प्रवर्द्धन, विद्यार्थीहरूमा खेलकुद भावना विकास तथा प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताले युवा खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको आयोजकले जनाएको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content