$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

वीरगंजमा राप्रपाद्वारा ३०४औँ पृथ्वीनारायण शाह जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस भव्य रूपमा सम्पन्न

  अभिलाष गुप्ता   २७ पौष बिरगंज वीरगंज  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आयोजनामा आज ३०४औँ पृथ्वीनारायण शाह जन्मजयन्ती तथा राष्ट्रि...

 

अभिलाष गुप्ता   २७ पौष बिरगंज

वीरगंज  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आयोजनामा आज ३०४औँ पृथ्वीनारायण शाह जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा वीरगंजमा भव्य कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम अन्तर्गत माइस्थानमा भेला भएका राप्रपाका नेता–कार्यकर्ताहरूले र्‍यालीसहित घण्टाघर पुगेर राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्वीरमा फूलमाला र अबिर अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए। त्यसपछि आयोजित सभामा विभिन्न नेताहरूले आफ्ना मन्तव्य राखेका थिए। कार्यक्रममा राप्रपाका संस्थापक अध्यक्ष श्री रामबहादुर थापाले पृथ्वीनारायण शाहले एकीकरणमार्फत आधुनिक नेपालको जग बसालेको उल्लेख गर्दै राष्ट्रिय एकता, पहिचान र सार्वभौमसत्ताको संरक्षण आज झनै आवश्यक भएको बताए।

सभामा पार्टीका केन्द्रीय सदस्यहरू गण अंगद ठाकुर, प्रदीप सुवेदी, बिना जैसवालले राष्ट्रिय एकता दिवसलाई केवल औपचारिकतामा सीमित नराखी व्यवहारमा उतार्नुपर्नेमा जोड दिए। राप्रपा पर्साका जिल्ला सभापति सुमेश्वरनाथ उपाध्यायले पार्टीको संगठन विस्तार र राष्ट्रवादी विचारधारालाई जनस्तरसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

उपसभापति मनोज मिश्रा, जगरनाथ प्रसाद कुर्मी, सचिव पन्नालाल पटेल, पार्टी प्रवक्ता शम्भु घिमिरे, वरिष्ठ नेता अरुण श्रेष्ठ, मीरा झा, रमिता माया गुप्ता, राज प्रताप सिंह, क्षेत्रीय सभापति अर्जुन सिंह ठकुरी, अनिल कुशवाहा, विनय झा, चन्दन मिश्रा, नवीन प्रसाद यादवलगायतका नेताहरूले पनि पृथ्वीनारायण शाहको योगदान, राष्ट्रिय एकता र वर्तमान राजनीतिक अवस्थाबारे आफ्ना धारणा राखेका थिए।

कार्यक्रममा पर्सा जिल्ला क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका प्रत्याशी तथा युवा लोकप्रिय नेता बरुण चौरसियाले युवाहरूले इतिहास, संस्कृति र राष्ट्रवादी मूल्यलाई आत्मसात् गर्दै देश र समाजको हितका लागि अग्रसर हुनुपर्ने बताए। उनले राष्ट्रनिर्माताको विचार आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै राष्ट्रिय हितका मुद्दामा सबै एकजुट हुनुपर्नेमा जोड दिए।कार्यक्रममा राप्रपाका नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content