$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

प्याब्सन अन्तर विद्यालय क्रिकेट र जुनियर फुटबल प्रतियोगितामा रोमाञ्चक खेल सम्पन्न

  अभिलाष गुप्ता  बिरगंज १३ माघ प्याब्सन नेपाल मेडिसिटी अन्तर विद्यालय टी–२० नकआउट क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गत पाँचौँ दिन तीन खेल सम्पन...

 






अभिलाष गुप्ता 

बिरगंज १३ माघ


प्याब्सन नेपाल मेडिसिटी अन्तर विद्यालय टी–२० नकआउट क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गत पाँचौँ दिन तीन खेल सम्पन्न भएका छन्। सम्पन्न खेलहरूमा जीवनज्योति मावि, मनकामना एकेडेमी र बीरगन्ज स्कूलले प्रभावशाली जित हात पारेका छन्।


पहिलो खेलमा जीवनज्योति माध्यमिक विद्यालयले रोयल एकेडेमीलाई ६९ रनले पराजित गर्‍यो। टस जितेर ब्याटिङ गरेको जीवनज्योतिले बिना विकेट क्षति १३० रन बनायो। जवाफमा रोयल एकेडेमी ६६ रनमै अलआउट भयो। जीवनज्योतिका सागर यादवले ७८ रनको उत्कृष्ट इनिङ खेलेर ‘म्यान अफ द म्याच’ घोषित भए।


दोस्रो खेलमा मनकामना एकेडेमीले न्यु वेभ स्कूललाई ११४ रनको फराकिलो अन्तरले पराजित गर्‍यो। न्यु वेभले टस जितेर बलिङ रोजे पनि मनकामनाले १५ ओभरमा १ विकेटको क्षतिमा १५५ रनको विशाल योगफल खडा गर्‍यो। जवाफमा न्यु वेभ ९ विकेट गुमाउँदै मात्र ४१ रनमा सीमित भयो। ६९ रनको योगदान दिएका रैहान आलम ‘म्यान अफ द म्याच’ बने।

तेस्रो खेलमा बीरगन्ज स्कूलले सफ्फाह आइडियल स्कूललाई ७७ रनले पराजित गर्‍यो। सफ्फाह आइडियलले टस जितेर बलिङ रोजेपछि बीरगन्ज स्कूलले १५ ओभरमा ६ विकेट गुमाएर १२२ रन बनायो। जवाफमा सफ्फाह आइडियल ११.३ ओभरमै ४५ रनमा अलआउट भयो। बीरगन्ज स्कूलका अनिष कुमार पटेलले ३९ रनको योगदान दिँदै ‘म्यान अफ द म्याच’ उपाधि जिते।


यसैबीच, प्याब्सन जुनियर फुटबल प्रतियोगिताअन्तर्गत चौथो दिन पनि रोमाञ्चक खेलहरू सम्पन्न भएका छन्। पहिलो खेलमा नवदीप एकेडेमीले नेशनल मोडेल स्कूललाई ३–० गोलले पराजित गर्‍यो। उक्त खेलमा आशिष साह म्यान अफ द म्याच घोषित भए।


दोस्रो खेलमा साउथ जोन स्कूल र लिटल फ्लावर स्कूलबीचको खेल निर्धारित समयमा बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा साउथ जोनले ४–२ गोलले जित हात पार्‍यो। उत्कृष्ट गोलरक्षण गरेका साउथ जोनका गोलकिपर नविन यादव ‘म्यान अफ द म्याच’ बने।


तेस्रो खेलमा विकन माध्यमिक विद्यालयले ज्ञानदा एकेडेमीलाई ४–० गोलले पराजित गर्‍यो। यस खेलमा सफ्रोज मियाँ म्यान अफ द म्याच घोषित भए। चौथो खेलमा सफल एकेडेमीले गौतम माविलाई १–० गोलले पराजित गर्दा सफल एकेडेमीका लक्की चौधरी म्यान अफ द म्याच बने।

प्रतियोगितासम्बन्धी जानकारी प्याब्सन जिल्ला वरिष्ठ उपाध्यक्ष तथा संयोजक सुशीला साहले दिएकी छिन्। प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि, अनुशासन र प्रतिस्पर्धात्मक भावना विकास गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकको भनाइ छ।



COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content