$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

प्याब्सनको ३५औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न

अभिलाष गुप्ता २४ पौष  बिरगंज निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को ३५औँ स्थापना दिवस वीरगञ्जमा विभिन्न सामाजिक तथा रचनात्...



अभिलाष गुप्ता २४ पौष  बिरगंज

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को ३५औँ स्थापना दिवस वीरगञ्जमा विभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रमहरू आयोजना गरी भव्य रूपमा सम्पन्न भएको छ। प्याब्सन वीरगञ्ज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमअन्तर्गत वीरगञ्जस्थित आमाको छात्रावास मा आश्रित बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरिएको थियो।


छात्रावासमा आश्रित विद्यार्थीहरूका लागि ३० दर्जन कापी तथा ३६० थान कलम र पेन्सिल वितरण गरिएको आयोजकले जनाएको छ। कार्यक्रमले सामाजिक उत्तरदायित्व र मानवीय सेवाप्रति प्याब्सनको प्रतिबद्धता झल्काउने उद्देश्य राखिएको प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीले बताए। उनले शिक्षा सबैको पहुँचमा पुर्‍याउन निजी क्षेत्रले सामाजिक उत्तरदायित्व वहन गर्नुपर्नेमा जोड दिए।


त्यसैगरी, स्थापना दिवसकै अवसरमा साँझ वीरगञ्जस्थित ऐतिहासिक तथा सांस्कृतिक धरोहर घण्टाघर परिसरमा दीप प्रज्वलन तथा दीपावली कार्यक्रम आयोजना गरिएको थियो। प्याब्सन अंकित दीप प्रज्वलन गर्दै संगठनको शैक्षिक योगदान, ज्ञानको उज्यालो र उज्ज्वल भविष्यप्रतिको प्रतिबद्धताको सन्देश प्रवाह गरिएको थियो।


प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले नेपालको शैक्षिक क्षेत्रमा निजी क्षेत्रले पुर्‍याएको योगदानलाई मूर्तरूप दिन संस्थापक, प्रधानाध्यापक, शिक्षक, अभिभावक, कर्मचारी तथा विद्यार्थीहरूको सामूहिक प्रयासलाई सम्मान गर्दै दीप प्रज्वलन गरी स्थापना दिवस मनाइएको जानकारी दिए।

कार्यक्रम जिल्ला अध्यक्ष सरोज प्रसाद चौधरी र वीरगञ्ज महानगर अध्यक्ष राहुल श्रीवास्तवको संयुक्त अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य छेदुप लामा, मधेश प्रदेश उपाध्यक्ष इमामुद्दिन अहमद, जिल्ला वरिष्ठ उपाध्यक्ष सुशिला साह, जिल्ला उपाध्यक्ष विरेन्द्र यादव, वीरगञ्ज नगर सचिव अमित आलोकलगायत जिल्ला तथा नगर कार्यसमिति सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


कार्यक्रममा उपस्थित वक्ताहरूले निजी शिक्षा क्षेत्रले देशको शैक्षिक विकासमा पुर्‍याएको योगदानको चर्चा गर्दै गुणस्तरीय, मूल्यआधारित र समावेशी शिक्षाको प्रवर्द्धनमा प्याब्सनले अझ सक्रिय भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याए। सहभागीहरूका अनुसार कार्यक्रमले प्याब्सनको सामाजिक उत्तरदायित्व, शैक्षिक प्रतिबद्धता र संगठनात्मक एकतालाई थप सुदृढ बनाएको छ।


यसै अवसरमा प्याब्सन सदस्य विद्यालय लिटल बडी प्रि–स्कुल ले आफ्नो वार्षिक खेलकुद कार्यक्रम पनि सम्पन्न गरेको छ। बिहीबार आयोजित कार्यक्रम लिटल बडी प्रि–स्कुलका प्रिन्सिपल विजय बलको सभापतित्व तथा सनसाइन बोर्डिङ स्कुलका सञ्चालक एवं प्याब्सन वीरगञ्ज महानगर सचिव अमित आलोकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।


COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content