$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

बिरगंजमा मानव अधिकार शिक्षा तथा ‘राइट फर राइट’ कार्यक्रम मेरिगोल्ड सेकेन्डरी स्कुलमा सम्पन्न

  अभिलाष गुप्ता  ११ माघ  बिरगंज  बिरगंजको कुम्हालटोलस्थित Marigold Secondary School मा Human Rights Education & Right for Right कार्यक्र...

 

अभिलाष गुप्ता  ११ माघ  बिरगंज 

बिरगंजको कुम्हालटोलस्थित Marigold Secondary School मा Human Rights Education & Right for Right कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रममा कक्षा ८ र ९ मा अध्ययनरत करिब ९० जना विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।


कार्यक्रम Amnesty १६ ग्रुपको आयोजनामा सम्पन्न भएको हो। मानव अधिकारसम्बन्धी आधारभूत अवधारणा, बालअधिकार, अधिकारसँगै कर्तव्यको महत्व, समानता तथा न्यायजस्ता विषयमा केन्द्रित रही प्रशिक्षण प्रदान गरिएको थियो। कार्यक्रमलाई सहभागितामूलक बनाउँदै उदाहरण, छलफल तथा प्रश्न–उत्तरमार्फत विद्यार्थीहरूलाई मानव अधिकारको व्यवहारिक पक्षबारे जानकारी गराइएको थियो।


कार्यक्रमका प्रशिक्षण Amnesty १६ ग्रुपका अध्यक्ष रजनीश झाले दिएका थिए भने Amnesty १६ ग्रुपका सदस्य शम्भु घिमिरे, शाहरुख शेख र फारुक शेखले प्रशिक्षण सत्रमा सहयोग गरेका थिए । साथै अध्यक्ष झाले विद्यार्थीहरूमा सानैदेखि अधिकारप्रतिको चेतना विकास हुनु आवश्यक रहेको उल्लेख गर्दै, अधिकारको प्रयोग जिम्मेवारीका साथ गर्नुपर्नेमा जोड दिनुभयो।


कार्यक्रममा सहभागी विद्यार्थीहरूले मानव अधिकारका विषयमा नयाँ ज्ञान हासिल भएको प्रतिक्रिया दिएका छन्। विद्यालय प्रशासनले यस्ता सचेतनामूलक कार्यक्रमले विद्यार्थीहरूको व्यक्तित्व विकास र सामाजिक उत्तरदायित्व बढाउने विश्वास व्यक्त गर्दै भविष्यमा पनि यस्ता कार्यक्रम निरन्तर आयोजना गर्ने प्रतिबद्धता जनाएको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content