$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

लक्ष्मी सनराईज बैंक आदर्शनगर शाखाद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क मोतियाबिन्दु शल्यक्रिया शिविर सम्पन्न

  अभिलाष गुप्ता  बिरगञ्ज १२ माघ  लक्ष्मी सनराईज बैंक आदर्शनगर शाखाले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सीमान्तकृत तथा विपन्न वर्...

 



अभिलाष गुप्ता 

बिरगञ्ज १२ माघ 


लक्ष्मी सनराईज बैंक आदर्शनगर शाखाले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सीमान्तकृत तथा विपन्न वर्गलाई लक्षित गर्दै निःशुल्क मोतियाबिन्दु शल्यक्रिया शिविर सफलतापूर्वक सम्पन्न गरेको छ।


बिरगञ्ज महानगरपालिकाका विभिन्न पाँच स्थानहरू—छपकैया वडा नम्बर १ स्थित छठघाट, जसौली वडा नम्बर २७, गहवा वडा नम्बर ८ को दलित बस्ती, सिरिसिया वडा नम्बर २१ को दलित बस्ती तथा मुर्ली वडा नम्बर १२—मा सञ्चालन गरिएको छनोट शिविरबाट पहिचान गरिएका १५१ जना बिरामीको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया गरिएको हो।


उक्त कार्यक्रमका संयोजक लक्ष्मी सनराईज बैंक आदर्शनगर शाखाका जीवन निरौलाको समन्वयमा सम्पन्न कार्यक्रममा शाखा प्रबन्धक रोहिणी आचार्य तथा प्रदेश कार्यालयका प्रतिनिधि संजय यादवको विशेष उपस्थिति रहेको थियो। शल्यक्रियाका लागि प्राविधिक सहयोग बिरगञ्ज सामुदायिक आँखा अस्पतालका डा. महेश सिंह धामी तथा उहाँको चिकित्सक टोलीले प्रदान गरेका थिए।


कार्यक्रमका अवसरमा बैंकका प्रतिनिधिहरूले आगामी दिनहरूमा पनि यस्तै खालका सामाजिक सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। यस किसिमको पहलले दृष्टिविहीनताको जोखिममा रहेका नागरिकहरूको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।


COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content