$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

अधिकारका लागि संगठित संघर्ष आवश्यक : विधायक छोटी कुमारी साह

रौतहट । जिल्लाको मौलापुर बजारमा कानु हलवाई समाज महासंघ नेपालद्वारा शनिबार भव्य रूपमा जागरण सभा तथा सम्मान समारोह सम्पन्न भएको छ। कार्यक्रममा...

रौतहट । जिल्लाको मौलापुर बजारमा कानु हलवाई समाज महासंघ नेपालद्वारा शनिबार भव्य रूपमा जागरण सभा तथा सम्मान समारोह सम्पन्न भएको छ। कार्यक्रममा नेपाल तथा भारतको बिहार राज्यबाट आएका जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो भने हजारौंको संख्यामा कानु समुदायका नागरिकहरूको सहभागिता देखिएको थियो।



कार्यक्रमका प्रमुख अतिथि कानु हलवाई समाज महासंघ नेपालका केन्द्रीय अध्यक्ष राजकुमार साह रहनुभएको थियो। विशिष्ट अतिथिहरूमा बिहार राज्यका विधायकहरू राधाचरण साह, सतिश कुमार साह, छोटी कुमारी साह, तथा नेपाल सरकारका पूर्व मन्त्रीहरू ज्वाला साह र बाबुलाल साहको उपस्थिति रहेको थियो।

जागरण सभामा सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष राजकुमार साहले कानु समाजको संरक्षण, अधिकार र पहिचानका विषयमा गम्भीर बहस आवश्यक रहेको बताउनुभयो। उहाँले मौलापुर नगरपालिकाकी नगरप्रमुख रिना कुमारी साहलाई लक्षित गर्दै विगत १० वर्षदेखि सत्तामा रहँदा कानु समाजका लागि के–कस्ता काम भए भन्ने विषयमा स्पष्ट हिसाबकिताब सार्वजनिक गर्नुपर्ने माग गर्नुभयो।

कार्यक्रममा बोल्दै बिहार राज्यकी विधायक छोटी कुमारी साहले कानु समाज अब मौन बस्ने होइन, आफ्नो हकअधिकारका लागि सचेत र संगठित भएर अघि बढ्नुपर्ने समय आएको बताउनुभयो।

"नेपाल र भारत दुवै देशमा बसोबास गर्ने कानु समुदायको समस्या, पीडा र सपना उस्तै छन्। शिक्षा, राजनीतिक प्रतिनिधित्व र आर्थिक सशक्तीकरणमा जोड दिएर अघि बढे मात्र हाम्रो पहिचान सुरक्षित रहन्छ," उहाँले भन्नुभयो।

उहाँले सीमापार सामाजिक–सांस्कृतिक सम्बन्धलाई अझ बलियो बनाउँदै युवाहरूलाई नेतृत्वमा ल्याउनुपर्नेमा समेत जोड दिनुभयो।

त्यसैगरी, पूर्व विधायक बाबुलाल साहले कानु समाजलाई विभाजन होइन, एकता र संगठनमार्फत अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै शिक्षा, राजनीति, व्यापार तथा सामाजिक क्षेत्रमा सक्रिय सहभागिता बढाउन आफू सधैं प्रतिबद्ध रहने बताउनुभयो।

कार्यक्रमका क्रममा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। सभाले कानु समुदायको हकहित, पहिचान र अधिकारका लागि संगठित संघर्ष अपरिहार्य रहेको निष्कर्ष निकालेको छ।

मौलापुरमा सम्पन्न यस जागरण सभा तथा सम्मान समारोहले कानु समाजभित्र नयाँ चेतना, एकता तथा राजनीतिक–सामाजिक बहसलाई थप सशक्त बनाएको सहभागीहरूले बताएका छन्।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content