शैलेश गुप्ता १० माघ पोखरिया
पर्साको कालिका गाउँपालिकामा रहेको श्री कालिका एकाडेमी विधालयले आफ्नो १०औँ वार्षिकोत्सब शनिबार भव्यताका साथ मनाएको छ । १०औँ वार्षिकोत्सवको अवसरमा विद्यालयले एक कार्यक्रमको आयोजनागरी विभिन्न सांस्कृतिक कार्यक्रमकोमा छात्रछात्राहरुले नृत्य सहित वादविवाद प्रतियोगीता लगायत, मनोरञ्जनात्मक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।
स्कूलका सभापती राजकुमार चौरसियाको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथी कालिकामाइ गाउपालिका वाड न २ को वडा अध्यक्ष सोनालाल चौरसियाले कार्यक्रमको फिताकाटी समुद्घाटन गर्दै कार्यक्रममा सफलताको शुभकामना दिएका हुन । प्रमुख अतिथी चौरसियाले यस विधालयको बिधार्थी, शिक्षक शिक्षिका लगायत सम्पूर्ण टिमको कडा मिहिनेत देखेर धेरै खुशी लागेको बताए । कार्यक्रममा राहुल श्रीवास्तव, आमित आलोक ,आलोक चौरसिया ,बिजय बल्ल ,शनि पटेल लगायतकाहरुको सहभागिता रहेको थियो
कलम भन्दा तरवाल ठुलो
विषयमा भएको वादविवाद प्रतियोगीतामा प्रथम गर्ने गुडिया खातुन ,द्धृतीय गर्ने अर्चाना चौरसिया तृतीय युराज बर्नावाल बाकी बालबालीकाहरुलाई सनत्वाना पुरस्कार दिई सबैको मनोबल बढाईएको थियो । कार्यक्रममा अतिथी शिक्षक देव बाहादुर ,पवन शर्मा विकास पटेललाई लगायतकाहरुलाई पनी समान गरीएको हाम्रा सहकर्मीले जनाएका हुन




COMMENTS